Hamro Patra
पुर्व मेयरको निधन
Khadga Memorial And Janajagriti

टीकापुर, माघ १

  टीकापुर नगरपालिकाका पुर्व मेयर रत्नप्रसाद सन्ज्यालको ७३ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखी मधुमेह, उच्च रक्तचापको उपचार गराई रहनु भएका सन्ज्यालको हिजो काठमाडौंमा निधन भएको हो । टीकापुरस्थित विरेन्द्र विद्या मन्दिर मा वि का प्रधानाध्यापक समेत रहेका सन्ज्याल २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् । वडा नं. ४ अस्नेहरीमा बस्दै आएका उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । उनका तीन छोरा तीन छोरी छन् ।

    यस्तै साविक बिनायक गाविसका पुर्व अध्यक्ष धर्मराज देवकोटाको ५७ वर्षको उमेरमा निधन भएको छ । फोक्सो सम्बन्धि रोगको उपचार गराउँदै आएका देवकोटाको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । टीकापुर उधोग वाणिज्य संघका पुर्व सल्लाहकार देवकोटा टीकापुरमा स्थापित व्यापारीका रुपमा चिनिन्छन् । केही समय यता टीकापुरमा बसोबास गर्दै आएका देवकोटा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । देवकोटाका ४ छोरा २ छोरी छन । उनी सितापुरस्थित जनजागृती मा विका विद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हुन् । मृतक दुबै जनाप्रती हाम्रोपत्र डटकम हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update