Hamro Patra
भुकम्पको धक्का
  • दार्चुला, पुस २८

सुदूरपश्चिममा भुकम्पको धक्का महशुस गरिएको छ । मंगलबार बिहान ९ः४८ बजे दार्चुलाको सुनसेरा आसपास केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो ।

भुकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

Khadga Memorial And Janajagriti

भुकम्पले गरेको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । भुकम्पको धक्का छिमेकी जिल्ला बैतडीमा समेत महशुस गरिएको थियो ।

यसअघि पुस १९ गते समेत बैतडीको डिलासैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update