Hamro Patra
आर्थिक मामिला तथा योजना मन्त्री बोहराद्वारा राजिनामा

धनगढी, पुस २२
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आज पदबाट राजीनामा दिएका छन् ।

नेकपा विभाजन पछि केही दिन कुनैपनि पक्षमा नखुलेका बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्ने निश्चित भएपछि पदबाट राजिनामा दिएका हुन । उनले पत्रकार सम्मेलन गर्दै पदबाट राजिनामा दिएको जानकारी दिए । उनी अछाम क्षेत्र नम्बर १ को ख बाट विजयी भएका हुन ।

Khadga Memorial And Janajagriti

सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा अन्र्तगत प्रचण्ड माधव पक्षको वर्चश्व छ । उनलाई बर्खास्त गर्ने तयारी गरेपछि राजिनामा गरेको स्रोतको दावी छ ।

यसअघि ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले नै पदमुक्त गरेका थिए ।

प्रदेश सरकारमा २ जना बाहेक सबै मन्त्री अहिलेसम्म प्रचण्ड माधव पक्षमा खुलेका छन । प्रचण्ड माधव पक्षले प्रदेश सरकामा आफ्नो स्पष्ट बहुमत रहेको दावी गर्दै आएको छ ।

यद्दपी पछिल्लो समय केही साँसदहरु केपी ओली पक्षमा जाने सक्ने सम्भावना बढ्दै गएको स्रोतको दावी छ । बोहरा समेत सुरुमा प्रचण्ड माधव पक्षमै लागेका थिए । उनी एकाएक ओली पक्ष लागेपछि अरु केही साँसद समेत त्यता जान सक्ने देखिएको स्रोतले बताएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update