Hamro Patra
चार वर्षीया बालिका बलात्कृत

धनगढी, पुस २२
धनगढीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन । धनगढी उपमहानगरपालिका–९ घुईयाँघाटकी ती बालिकालाई भारतको उत्तरप्रदेशका १९ वर्षका रविकुमार कोरीले बलात्कार गरेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पीडित बालिकाका आफन्तले उनी उपर बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेका छन । सोही जाहेरीका आधारमा कोरीलाई पक्राउ गरि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।

Khadga Memorial And Janajagriti

भारतीय युवक मामा घर आएको बेला बलात्कार गरेको बताईएको छ । कैलाली जिल्ला अदालतबाट म्याद थप गरि कोरीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्विरः गुगल

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update