Hamro Patra
सिंगिंङ स्टारको उपाधी स्मितालाई
Khadga Memorial And Janajagriti

 टीकापुर, पुस २१                                                                नेपालको उत्कृष्ट गायन प्रतियोगितामा मानिने सिंगिङ् स्टारको उपाधी धनगढीकि स्मिता बोहोरा रेग्मीले चुमेकी छन् । मंगलबार भएको फाइनमा स्मिताले लाइफ ओके सिंगिङ स्टारको उपाधी चुमेकी हुन्। लाइफ ओके च्यानलमा प्रशारण हुने प्रतियोगिताको उत्कृष्ट ४ मा पुगेकी बोहराले मंगलबार भएको फाइनल जितेको उनको परिवारले जनाएका छन्। डडेल्धुराको अमरगढी नगरपालिका-३ स्थायी घर भएकी स्मिताले एक सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै गायन प्रतियोगिताको उपाधि हात पारेकी हुन् ।                                                                         आफ्नो जादुमयी स्वरले स्रोता र निर्णायकहरुलाई मन्त्रमुग्ध पार्दै उपाधि हात पार्न सफल भएकी स्मिताले आफूलाई भोट दिएर उपाधि जिताउन साथ दिने सम्पूर्णलाई धन्यवाद दिएकी छन् । स्मिता सुदूरपश्चिम प्रदेश सभा सदस्य गोविन्द बोहराकी छोरी हुन । उनको माइती घर डडेल्धुरा हो भने उनले धनगढीका आशिष रेग्मीसँग बिहे गरेकी छिन् । उनको स्वरमा तीनवटा गीत बजारमा आइसकेका छन् । ‘फुलमति’, ‘तिम्रै झल्को’ र ‘मलाई लाग्छ, मेरो देश’ बोलका गीतहरु सार्वजनिकमा स्मिताकाे स्वर सुन्न सकिन्छ।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update