Hamro Patra
विभिन्न अपराधिक कार्यमा संलग्न व्यक्ति पक्राउ

टीकापुर, पुस २१
जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न स्थानबाट अपराधिक कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–१ राजिपुरस्थित शंकर सामुदायिक वन नजिकैबाट अवैध काठ सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–२ का ३२ वर्षका कृष्णलाल डगौरा, ३० वर्षका बिरबहादुर डगौरा, २१ वर्षका नविन चौधरी, ३० वर्षका बुधराम चौधरी र १९ वर्षका महेश चौधरी रहेका छन ।

Khadga Memorial And Janajagriti

उनीहरुसँगै से १ त ४९६२ र अर्को एक नम्वर नखुलेको गरी २ वटा ट्याक्टर समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सो ट्याक्टरमा सिमलको काठ भेटिएको जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई थप कारवाहीका लागि डिभिजन वन कार्यालय भजनीमा बुझाईएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२ बसपार्कबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षका भुवन ऐर, १९ वर्षका रोहित बलायर र कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका– ५ का १९ वर्षका नविन जंग राणा (कुंवर) रहेका छन ।

उनीहरुलाई प्रहरीले आशंकाका आधारमा चेकजाँच गर्दा लागुऔषध बरामद भएको जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट नाइट्राभेट टेन १०४ टयाब्लेट फेला परेको छ । प्रहरीले उनीहरु उपर लागुऔषध शिर्षकमा मुद्दा दायर गरेको छ । जिल्ला अदालत कैलालीले म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले अत्तरीयाबाटै लागुऔषध चरेस सहित एकजनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपालय र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका– २ रिङरोड स्थित न्यु जानकी होटल एण्ड लजका सञ्चालक २९ वर्षका बलबहादुर धामीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार होटलको कोठा नम्बर १०२ बाट ७ किलो चरेस बरामद भएको छ । उनलाई समेत लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्टले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update