Hamro Patra
सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद
Khadga Memorial And Janajagriti

टीकापुर, पुस २१
टीकापुर नगरपालिका–८ सत्ती नजिकैबाट सशस्त्र प्रहरीले अवैध सामान बोकेको जीप पक्राउ गरेको छ । सीमा सुरक्षा पोष्ट खक्रौलाका इञ्चार्ज प्रहरी निरिक्षक पदमराज भट्टले आज बिहान १० बजेतिर से १ च २१४८ नम्बरको पिकअप भ्यान पक्राउ परेको जानकारी दिए ।

उनका अनुसार सो पिकअप भ्यानमा करिव १० लाख रुपैयाँ बराबरको कपडा र कस्मेटिक सामान बरामद भएको छ । उनले सो सामान कसको हो भन्ने बारेमा अहिले केही खुल्न नआएको बताए ।

उनले बरामद सामान सत्ती भन्सार कार्यालयमा बुझाएको जानकारी दिए । भारतबाट भन्सार छलेर ल्याईएको सामान गोदामबाट अन्त कतै लैजाने क्रममा पक्राउ परेको प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update