Hamro Patra
Khadga Memorial And Janajagriti

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित सीमा क्षेत्रमा गोली चल्दा एक नेपाली घाइते भएका छन् । सोमबार बेलुका करिब साढे ६ बजेतिर दोधारा चाँदनीस्थित सीमा क्षेत्रमा गोली चल्दा दोधारा चाँदनी नगरपालिका- १ का स्थानीय नरेश सुनार घाइते भएका हुन् । उनको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । उनले साढे ६ बजेतिर गोली चलेपछि राती ९ बजे घाइतेले नै खबर गरेपछि सो बारे जानकारी भएको बताए । उनका अनुसार गोली भारतीय भूमीमा चलेको हो । घटना बारे बुझ्न प्रहरी परिचालन गरिएको प्रजिअ महतोले बताए । उनका अनुसार घाइतेको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याउने काम भइरहेको बताए ।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update