Hamro Patra
गैंडाको खागसहित एक जना पक्राउ

टीकापुर, पुष २०

गैंडाको खागसहित कैलालीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Khadga Memorial And Janajagriti

जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई प्रहरीले खागसहित पक्राउ गरेको हो ।

स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व पश्चिम राजमार्गमा ना. ३ स. ५७१८ नम्बरको अटोरिक्सामा राखिएको अवस्थामा खागसहित कठरियालाई पक्राउ गरिएको संघीय प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए ।

कार्यालयबाट खटेको प्रहरी टोलीले सोमबार कठरियालाई पक्राउ गरेको हो । घटनाबारे थप छानविन भइरहेको एसएसपी उपाध्यायले बताए ।

पछिल्लो समय कैलालीमा वन्यजन्तुको समेत तस्करी हुने गरेको बताइन्छ ।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update