Hamro Patra
टीकापुर जेसिजमा थापा र नारायणपुरमा चौधरी निर्वाचित

टीकापुर, पुस १८

टीकापुर जेसिज वर्ष २०२१ को अध्यक्षमा लक्ष्मण थापा निर्वाचित भएका छन् । आज सम्पन्न भएको संस्थाको २३ औं अधिवेशनबाट थापा निर्वाचित भएका हुन् ।

उनी प्रतिस्पर्धी झनकराज तिमिल्सिनाभन्दा ३९ मत बढी ल्याएर निर्वाचित भएका हुन् । निर्वाचन समितिका संयोजक जगदिश्वर पण्डितले दिएको जानकारी अनुसार कुल ८८ सदस्यमध्ये ८५ मत खसेको थियो ।

Khadga Memorial And Janajagriti

थापाले ६० मत र तिमिल्सिनाले २१ मत प्राप्त गरेका थिए । अघिल्ला वर्षहरुमा सहमतिअनुसार नेतृत्व चयन हुँदै आएकोमा पहिलो पटक मतदान भएको हो ।

संस्थाको अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो । कार्यकारिणी उपाध्यक्षमा कमलराज सुवेदी र सन्तोष खड्का, उपाध्यक्षहरुमा रुपकबहादुर विष्ट, भरत भण्डारी, गणेश आउजी र वीरेन्द्र कुँवर चयन भएका थिए ।

अध्यक्षमा निर्वाचित थापाले वर्ष २०२१ का लागि कानुनी सल्लाहकारमा टोपप्रकाश वि.क., महासचिवमा बलराम चौधरी र कोषाध्यक्षमा मंगलबहादुर साउँदलाई मनोनयन गरेका छन् ।

उता, नारायणपुर जेसिजको अध्यक्षमा टीकापुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बलीराम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

कार्यकारिणी उपाध्यक्षमा धनबहादुर बुढा र कौशिला चलाउने तथा उपाध्यक्षमा विजय धामी, जीतराम चौधरी, दिलीप बुढा र चन्द्र रिमाल निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित चौधरीले वर्ष २०२१ का लागि कानुनी सल्लाहकारमा किरण कडायत., महासचिवमा निरजकुमार चौधरी र कोषाध्यक्षमा सुजिता चौधरीलाई मनोनयन गरेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update