Hamro Patra
Khadga Memorial And Janajagriti

बाघको आक्रमणबाट कैलालीको लम्की चुहा नगरपालिकाकि एक महिलाको ज्यान गएको छ । बर्दिया निकुञ्जको कुँवाभार क्षेत्रमा बाघको आक्रमणबाट लम्की चुहा नगरपालिका वडा नं. ४ कि ५० वार्षिया नन्कला थापाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत शाहका अनुसार हिजो राती नेपालगन्जबाट फर्किने क्रममा बाघले मोटरसाइकलमा आक्रमण गरि जंगलतर्फ लगेको थियो । छोरा सन्तोष थापासँग आउने क्रममा मोटरसाइकलको पछाडी बसेकी थापालाई बाघले आक्रमण गरेको थियो । उनको शव आज बिहान घटनास्थल नजिकै फेला परेको थियो । यसअघि समेत सो सडक खण्डमा जंगली जनावरले आक्रमण गर्ने गरेको थियो । 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update