Hamro Patra
सडेको अवस्थामा एक व्यक्तिको शव भेटियो

धनगढी, पुस १६
कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्र पर्ने चिसापानी खोलामा एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको सनाखत हुने सकेको छैन ।

प्रहरीका अनुसार मृतक व्यक्तिले निलो रंगको जिन्स पाइन्ट लगाएका छन । ५ फिट ५ इन्च अग्लो ती मृतक व्यक्ति करिव २५÷३० वर्ष उमेरको देखिने प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

उनले मृतक व्यक्तिको दाँया हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु, दायाँ हातको बसढी औलामा बिच्छीको ट्याटु, बायाँ हातको पाखुरामा बिच्छीको ट्याटु रहेको बताए ।

मृतक व्यक्तिको शव सडेको अवस्थामा भेटिएको छ । उनको शव नजिकै सेतो रंगको गन्जी (भित्री बस्त्र) र हरियो रंगको हाप सट फेला परेको प्रहरी नायब उपरिक्षक बिष्टले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक व्यक्तिको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update