Hamro Patra
प्रहरीद्वारा अबैध सामान बरामद
Khadga Memorial And Janajagriti

धनगढी, पुस १५
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट बेबारिसे अवस्थामा अवैध सामान बरामद गरेको हो ।

बेबारिसे अवैध सामानमा लुगाकपडा, जुत्ता र किरानाका सामाग्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक बिष्टले जानकारी दिए । उनका अनुसार बरामद सामान करिव ९० हजार ७ सय रुपैयाँ बराबरको रहेको छ ।

प्रहरीले बरामद सामान त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update