Hamro Patra
सुदूरपश्चिमेलीको मौलिक पर्व पुस पन्ध्र

टीकापुर, पुस १५
सुदूरपश्चिमेलीले आज मौलिक पर्व पुसे पन्ध्र मनाउँदै छन । डोटेली लोकसंस्कृतिमा आधारित यस पर्वमा रातभर एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने चलन छ । यो पर्व हरेक पुस १५ गतेको राति मनाइन्छ ।

हरेक वर्ष पुस १५ गते मनाइने भएकाले यसलाई पुसे पन्ध्र भनिन्छ । पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ । आजको लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ पनि भनिन्छ ।

Khadga Memorial And Janajagriti

यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा समेत छ ।

यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका खानाका परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ ।

 

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update