Hamro Patra
भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

धनगढी, पुस १४
सुदूरपश्चिम प्रदेश सरकारका एकजना मन्त्री बर्खास्तमा परेका छन । मुख्यमन्त्री त्रिलोचन भट्टले आज भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन ।

नेकपा अध्यक्ष केपी शर्मा ओली समूहमा रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले पदमुक्त गरेका हुन् ।

Khadga Memorial And Janajagriti

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्था अनुसार पदमुक्त गरिएको जानकारी दिए ।

बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए । मन्त्री बोहराले भने पदमुक्त गरिएको आधिकारिक पत्र आफू कहाँ नपुगेको बताएका छन् ।
डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update