Hamro Patra
कञ्चनपुरमा वृद्धाको हत्या

धनगढी, पुस १२
कञ्चनपुरको पुर्नबास नगरपालिका–१ ढक्कामा एक ७१ वर्षीया वृद्धाको हत्या भएको छ । प्रहरीका अनुसार आज दिउसो ढक्काकी खण्टी भुलको हत्या भएको हो ।

वृद्धाको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको बताईएको छ । उनको घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Khadga Memorial And Janajagriti

मृतक वृद्धा घरमा एक्लै बस्ने गरेकी थिईन । उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

उनको गहना लुट्न हत्या भएको हुनसक्ने आशंका गरिएको छ । मृतक भुलले नाक, कान र घाँटीमा गहना लगाउने गरेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फोटोः नेपालबोध

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update