Hamro Patra
उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा बोगटी

टीकापुर, पुष ११

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शंकर बहादुर बोगटी पुनः निर्वाचित भएका छन्  डोटीको दिपायलमा आज सम्पन्न चौथो साधारणसभाले बोगटीलाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको हो ।

Khadga Memorial And Janajagriti

बोगटीको अध्यक्षतामा निर्वाचित कार्यसमितिको उद्योग वाणिज्यतर्फको उपाध्यक्षमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी र एशोसियट उपाध्यक्षमा रोयल हब्स एण्ड एग्रोटेक प्रा.लि.का अनिल कुमार निर्वाचित भएका छन् ।

महासंघको कोषाध्यक्षमा बझाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमितिको सदस्यहरुमा कैलाली उद्योग वाणिज्य संघका महेन्द्रकुमार सिंह, डडेल्धुरा उद्योग वाणिज्य संघका लालमणी पन्त, बाजुरा उद्योग वाणिज्य संघका गोपालबहादुर कार्की, लम्की चुहा उद्योग वाणिज्य संघका पदमराज चौलागाईं र पुर्नवास उद्योग वाणिज्य संघका विरबल वि.क. निर्वाचित भएका छन् ।

कार्यसमितिको वस्तुगत सदस्यमा नाटा सुदूरपश्चिमका लोकराज भट्ट र एशोसियट सदस्यमा एस एण्ड एस प्लास्टिक इण्डष्ट्रिजका शंकरबहादुर खड्का विजयी भएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update