Hamro Patra
संसद विघटन बारे सर्वोच्चद्वारा सरकारलाई कारण देखाउ आदेश

टीकापुर, पुस १०
सर्वोच्च अदालतले सरकारलाई संसद विघटन गर्नुको कारण आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आज यस्तो आदेश जारी गरेको हो ।

संसद विघटन गर्ने निर्णयका सम्बन्धमा सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले मन्त्रीपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न भनेको छ ।

Khadga Memorial And Janajagriti

यस्तै सर्वोच्चले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनसँग एमिकस क्युरी पनि माग गरेको छ । एमिकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञहरुको टोली हो ।

सरकारले असंवैधानिक तवरबाट संसद विघटन गरेको दाबी गर्दै एक दर्जनभन्दा धेरै रिट निवेदन सर्वोच्चमा दायर भएका छन् ।

प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले संसद विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गरेको थियो ।

वकिलहरूले बहस सुनिसकेपछि इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अन्तरकालीन आदेश दिन अस्वीकार गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update