Hamro Patra
पहलवानसिँह स्वाँर रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सुरु

टीकापुर, पुस १०
टीकापुरमा आजदेखी १३ औं पहलवानसिँह स्वाँर रनिङ शिल्ड क्रिकेट प्रतियोगिता सुरु भएको छ । टीकापुर युवा क्लबले आयोजना गरेको प्रतियोगितामा २८ टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको एक समारोहकाबीच पूर्वखेलाडी धनबहादुर शाहीले उद्घाटन गरेका छन । उद्घाटन समारोहका प्रमुख अतिथि रहेका शाहीले खेलकुद केवल क्षणिक मनोरञ्जनको माध्यम मात्र नभई सफल जीवनको माध्यम बन्ने बताए ।

Khadga Memorial And Janajagriti

उनले खेलकुद क्षेत्रमा प्रतिवद्ध भएर लाग्न सके आफ्नो जीवनलाई सफल बनाउने मात्रै नभई राष्ट्रको नाम संसारभर फैलाउन सकिने बताए । उनले खेलकुद क्षेत्रमा क्रमिक रुपमा सुधार हुँदै गैरहेको बताउँदै अझ धेरै सुधारको आवश्यकता रहेको बताए ।

सोही अवसरमा बोल्दै टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा युवा क्लबका संस्थापक अध्यक्ष राजकुमार हमालले अनुशासन खेलाडीको गहना भएको बताए । उनले खेलकुदले व्यक्तिलाई स्वस्थ राख्ने भएकाले हरेक व्यक्तिको जीवनमा खेलकुदको निकै धेरै महत्व रहने बताए ।

युवा क्लबका अध्यक्ष तपेन्द्र कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पूर्वअध्यक्ष चेतमान खत्रीले स्वागत गरेका थिए ।

प्रतियोगिताको विजेतालाई ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पुरस्कार तोकिएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टीमलाई २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबले जानकारी दिएको छ ।

त्यस्तै क्लबले म्यान अफ द टुरामेन्टलाई २ हजार ५ सय, बेस्ट ब्याट्स म्यानलाई १ हजार ५ सय र बेस्ट बलर टुरामेन्टलाई १ हजार ५ सय रुपैयाँ नगदले पुरस्कृत गरिने जनाएको छ ।

प्रतियोगिता नक आउट सिस्टममा खेलाइनेछ भने एलबिडब्ल्यू बाहेक पावर प्ले र अन्य सम्पूर्ण नियमहरु आइसिसि बमोजिम खेलाइने बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update