Hamro Patra
Khadga Memorial And Janajagriti

बझाङ, २ बैशाख
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आज बिहान ठुलै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४ बजेर २७ मिनेट जाँदा ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु जयपृथ्वी नगरपालिका–१ कैलासमा रहेको मापन केन्द्रले जनाएको छ । भूकम्पले कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update