Hamro Patra
Khadga Memorial And Janajagriti

टीकापुर, पुस ६

टीकापुर युवा क्लबले स्वर्गीय पहलवान सिँह स्वारको स्मृतिमा खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । क्लबले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी दिएको छ । प्रतियोगिता यही पुस १० गतेदेखी खुल्ला मैदानमा सञ्चालन हुनेछ । क्लबले टीम दर्ताका लागि पुस ७ देखी ९ गतेसम्मको मिति तोकेको छ । प्रति टीम ३ हजार ५ सय इन्ट्री शुल्क तोकिएको प्रतियोगिताको विजेतालाई ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पुरस्कार तोकिएको छ । त्यस्तै प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टीमलाई २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबले जानकारी दिएको छ । त्यस्तै क्लबले म्यान अफ द टुरामेन्टलाई २ हजार ५ सय, बेस्ट ब्याट्स म्यानलाई १ हजार ५ सय र बेस्ट बलर टुरामेन्टलाई १ हजार ५ सय रुपैयाँ नगदले पुरस्कृत गरिने जनाएको छ ।

  प्रतियोगिता नक आउट सिस्टममा खेलाइनेछ भने एलबिडब्ल्यू बाहेक पावर प्ले र अन्य सम्पूर्ण नियमहरु आइसिसि बमोजिम खेलाइने बताईएको छ । क्लबका अध्यक्ष तपेन्द्र कुँवरले युवा पुस्तालाई खेलकुद तर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुदका माध्यमबाट युवापुस्तालाई कुलतबाट जोगाउन सकिने बताए ।

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update