Hamro Patra
टीकापुर सहकारीको अध्यक्षमा कुश्मी

टीकापुर, मंसिर २७ 

टीकापुरस्थित टीकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा महेशप्रसाद कुश्मी चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न १२औं साधारणसभाले आगामी तीन वर्षका लागि अध्यक्षमा कुश्मीलाई चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा भरत रावल, सचिवमा धु्वबहादुर रावल र कोषाध्यक्षमा पुष्पराज केसी चयन भएका छन् । त्यस्तै सदस्यमा प्रकाश शाह, योगेश रावल, लक्ष्मण थापा, हंशराज रावल र निर्मला खड्का चयन भएका छन् ।

Khadga Memorial And Janajagriti

साधारण सभाले लेखा समितिको संयोजकमा वीरेन्द्र रावल र सदस्यमा नेत्रबहादुर रावल र लोकेन्द्र बहादुर मल्ललाई चयन गरेको निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले जानकारी दिएका छन् ।

यसअघि सम्पन्न साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा.रणबहादुर रावलले सहकारी संस्था आर्थिक सम्वृद्धिका लागि सक्षम हुनुपर्ने बताए । उनले भने ‘सहकारीहरुले नागरिकको स सानो बचतलाई लगानीमार्फत् आयआर्जन कार्यमा लगाइनुले आर्थिक सम्वृद्धिमा टेवा पुर्याई रहेको छ ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले शेयर सदस्यहरुको पुँजीलाई चलायमान बनाउन सके मात्रै सहकारीले नाफा आर्जन गर्न सक्ने बताए ।

सहकारीको सम्पन्न बन्द सत्रले संस्थाका कार्यकारी प्रमुख दीपकबहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन पारित गरेको छ । प्रतिवेदन अनुसार संस्थामा ६० लाख २३ हजार शेयरपुँजी, १ करोड ८१ लाख ५३ हजार ४ शय ७६ हजार बचत संकलन र २ करोड २६ लाख ६६ हजार ७ शय ९१ रुपैयाँ कर्जा लगानी रहेको छ ।

संस्थामा हाल ४ शय २९ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले गत आर्थिक वर्षमा १७ लाख २४ हजार २ शय तीन रुपैयाँ मुनाफा आर्जन गरेको छ । साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांस बाँडफाँड गर्ने निर्णय समेत गरेको छ ।

साधारणसभामा उत्कृष्ठ बचतकर्ता तर्फ दुःखराम चौधरी र दिब्बु थारु तथा असल ऋणीतर्फ मोहम्मद इन्द्रिस जसगढ र हर्कबहादुर ठकुल्लालाई पुरस्कृत भएका छन् ।

संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरत रावलले स्वागत तथा सचिव धु्रबबहादुर रावलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update