Hamro Patra
मालपोत कार्यालय टीकापुरको सेवा अनिश्चितकालका लागि बन्द

टीकापुर, मंसिर ७
मालपोत कार्यालय टीकापुरले आजदेखी अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । एकजना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको जनाएको छ ।

कार्यालयले सूचना जारी गर्दै कोरोना संक्रमण सेवाग्राही तथा सर्वसाधारणमा फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेको उल्लेख गरेको छ । सार्वजनिक सूचनामा आन्तरिक÷प्रशासनिक कार्यहरु भने सुचारु रहने जनाईएको छ ।

Khadga Memorial And Janajagriti

कार्यालयमा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको स्रोतले जानकारी दिएको छ । ती महिलाका घरका अन्य सदस्यलाई कोरोना देखिएपछि स्वाव संकलन गरिएको थियो ।

ती महिला कर्मचारीमा कोरोना देखिएपछि कार्यालयमा कार्यरत सबै कर्मचारीको स्वाव संकलनको तयारी भैरहेको खरिदार प्रेम प्रकाश सिँहले जानकारी दिए । उनका अनुसार सोमवार बिहान सबै कर्मचारीको स्वाव संकलन गरिनेछ । कार्यालयमा हाल १५ जना कर्मचारी कार्यरत छन ।

स्वाव संकलन पश्चात रिपोर्ट नआएसम्म कार्यालयको सेवा ठप्प रहनेछ । खरिदार सिँहका अनुसार कर्मचारीको कोरोना रिपोर्टका आधारमा सेवा सुचारु गर्ने नगर्ने बारेमा निष्कर्षमा पुगिनेछ ।

मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक घुईँचो हुने गरेको छ । केही दिन अघि कार्यालयले कोरोना रोकथामका लागि भन्दै स्थानीय पालिका अनुसार सेवाग्राहीको काम आलोपालो प्रणाली अनुसार गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update