Hamro Patra
महासंघमा सुदूरपश्चिमबाट कुँवरको उम्मेदवारी दर्ता

टीकापुर, कात्तिक २५
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन । उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी केन्द्रिय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन ।

उनले केन्द्रीय सदस्यमा आफू निर्वाचित हुने विश्वास व्यक्त गर्दै प्रदेशका साना तथा ठुला उद्योगी व्यवसायीका समस्या सामाधानका लागि पहल गर्ने बताएका छन् । कुँवर अगामी मंसिर ११ देखि १३ गते सम्म हुने महासंघको अधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्नेछन् ।

Khadga Memorial And Janajagriti

उक्त चुनावमा सुदूरपश्चिमका ९ वटा जिल्लाका १० उद्योग वाणिज्य संघका अध्यक्षहरुले मतदान गर्नेछन् । अहिले सम्म कुँवर बाहेक अरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छैनन् ।

अरुको उम्मेदवारी नपरेमा कुँवर सर्वसम्मत सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन सम्भावना देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update