Hamro Patra
खड्ग स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

टीकापुर, कात्तिक २२
टीकापुर युवा क्लबको आयोजनामा आजदेखी खड्ग स्मृति जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । क्लबले टीकापुरका संस्थापक खड्गबहादुर सिँहको सम्झनामा हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

प्रतियोगितामा जिल्लाभरका ३२ टीमको सहभागिता रहेको क्लबका अध्यक्ष तपेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ ।

Khadga Memorial And Janajagriti

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र दोस्रो हुनेलाई साढे १२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष कुँवरले बताए ।

अध्यक्ष कुँवरका अनुसार यसअघिका वर्षहरुमा औपचारिक कार्यक्रम गरेर सुरु हुने प्रतियोगिता यसवर्ष कोभिड–१९ का कारण अनौपचारिक ढंगले सञ्चालन भएको छ ।

टीकापुर युवा क्लब यस क्षेत्रकै सबैभन्दा पूरानो क्लब हो । क्लबले विगतका समयदेखि नै विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । पछिल्लो समय टीकापुरमा ब्याडमिन्टन प्रतिको आकर्षण निकै बढेको पाइन्छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update