Hamro Patra
कैलालीका दुई जनाको कोरोनाबाट मृत्यु

टीकापुर, कात्तिक २२
कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले टीकापुरका एक पुरुष र बर्दगोरियाका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

कैलालीको टीकापुर नगरपालिका–१ का ४९ वर्षका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको घरमै मृत्यु भएको हो । उता बर्दगोरिया गाउँपालिका– ४ का ५९ वर्षकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Khadga Memorial And Janajagriti

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मधुसूदन न्यौपानेका अनुसार कोरोना संक्रमित भएपछि घरमा बस्दै आएका पुरुषको हिजो राती निधन भएको हो । उनको काठमाडौमा कोरोना चेक गरिएको थियो ।उनी कोरोना पुष्टी भएपछि टीकापुर घर आएका थिए । मृतकका आफन्तका अनुसार उनी बोन क्यान्सरको उपचार गराइरहेका थिए । यो संगै टीकापुर नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

हिजो मात्रै टीकापुर नगरपालिका– १ की ५३ वर्षकी एक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने यसअघि वडा ५ का ६० वर्षका एक पुरुषको मृत्यु भएको थियो । मृतकको नेपाली सेनाको टोलीले शव ब्यवस्थापन गर्ने तयारी भैरहेको जोशीले बताए ।

कोरोना संक्रमणबाट मृत्यु हुन थालेपछि समुदायमा त्रास फैलिएको छ । समुदाय स्तरमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि सरकारी निकायले प्रभावकारी भूमिका निर्वाह नगरेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update