Hamro Patra
नगर प्रमुख रावलमा कोरोना पुष्टि

टीकापुर, कार्तिक १७

कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावललाई कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ल्याबमा गरिएको परीक्षणमा रावललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

Khadga Memorial And Janajagriti

नगर प्रमुख रावललाई सामान्य रुघाखोकी र केही दिन अघि ज्वरो आएको थियो । नगर प्रमुख रावलले आफ्नो फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

रावलले लेखेका छन् ‘सावधानी अपनाउँदा अपनाउँदै पनि मलाई कोरोना पुष्टि भएको छ । हाल म घरमै आइसोलेसनमा बसिरहेको छु । यो अवधिमा मेरो सम्पर्कमा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

त्यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावललाई समेत कोरोना पुष्टि भएको छ ।

कोरोना रोकथामका लागि फ्रन्ट लाइनमा खटिँदै आएका रावललाई कोरोना पुष्टि भएको हो । उनले समेत फेसबुकमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् ।

यसअघि नगर पालिकाका ६ जना कर्मचारीमा समेत कोरोना पुष्टि भएको थियो ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update