Hamro Patra
किसान सहकारी : सेवाका २५ वर्ष
Khadga Memorial And Janajagriti

किसान सहकारी संस्थामा यति लामो समय व्यतित गरिरहँदा यो २५ वर्षलाई सम्रग रुपमा कसरी स्मरण गर्नुहुन्छ ?
धन्यवाद । यो संस्थाको स्थापना २०५२ साल कार्तिक १७ गते भएको हो । अहिले हामी संस्थाको २५ औँ वर्षगाठ मनाईरहेका छौ । यो बिचमा संस्थाले विभिन्न उतारचढाव झेल्दै यहाँसम्म आइपुगेको छ । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने मैले यो संस्थामा २५ वर्ष बिताए । अहिले संस्थाको प्रगति देखेर म निकै खुशी छु । विभिन्न समस्यासँग जुध्दै संस्था यहाँसम्म पुग्न सफल भएको हो । सवैले संस्था प्रति देखाएको सदायसयता प्रति म निकै आभारी छु । र आगामी दिनमा पनि हामी यहाँहरुसँगै हातेमालो गरेर अघि बढ्ने छौँ ।
विगतमा काम गर्दाका ति दुख र सर्घषका दिनहरुलाई अलिकति स्मरण गरीदिनुहोस न ?
विगतमा संस्थामा काम गर्दा निकै दुःखद अवस्था रह्यो । खासगरी द्वन्द्वकालमा संस्था नै वन्द हुने अवस्था पनि आएको थियो । तर सबैको सहयोग र सहकार्यका कारण हामीले पुनः शुरु गरेर संस्थाका कामहरु सञ्चालन गरेका थियौं । विगतलाई सम्झीदा आजको दिन सम्म संस्था यसरी आईपुग्न सक्छ भन्ने हामीलाई लागेको थिएन । यद्यपी शुरुवाती दिनहरुमा संस्थाका सञ्चालक, शेयर सदस्य र कर्मचारी सवैले गरेको मेहनत र सहयोगका कारण हामीलाई काम गर्ने हौसला समेत प्राप्त भयो र हामी अगाढी वढ्न सक्यौ । दिनरात नभनी सबै यसको सेवा बिस्तारमा लागेकै कारण आज संस्था यो स्थानमा पुग्न सफल भएको छ ।
एउटा संस्था सफलतामा पुग्न के के कुराको तारतम्य मिल्नुपर्ने रहेछ , तपाईको अनुभव कस्तो रह्यो ?
यसमा त सबैभन्दा पहिला प्रतिवद्धता नै आवश्यक पर्छ जस्तो मलाई लाग्छ । निश्चित लक्ष्य उदेश्य र प्रतिबद्धता कायम गरेर लाग्यौं भने सफलतामा पुग्न सकिन्छ । विशेष गरेर व्यवस्थापनमा रहेका संचालक समिति र कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहन्छ । सवैभन्दा ठुलो त संस्थाका शेयर सदस्य नै हुन । जसले विकट परिस्थितिमा पनि संस्थालाई विश्वास गरेर कारोवारलाई अगाडी वढाउनुभयो र आज सम्म पनि त्यो विश्वास कायमै रहेको छ । जसका कारण पनि हामी सफलतामा पुग्न सक्यौ भन्ने मेरो वुझाई रहेको छ । साथै संस्थामा व्यवस्थापन, संचालक समिति र कर्मचारी बिचको राम्रो टिमवर्क पनि सफलताको कारण हो । टिमवर्क राम्रो भएर नेतृत्व वर्गले सहि समयमा सहि निर्णय लिन सक्यो भने जस्तो सुकै अवस्थामा पनि सफलता प्राप्त गर्न सकिन्छ । यस संस्थामा यी सबैको उचित तालमेल भएकै कारण हामी आज यो स्थानमा पुगेका छौं ।
संस्था सफलतामा पुग्नको लागि कर्मचारीको सहयोग कत्तिको पाउनुभयो र कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
मैले संस्थालाई अगाढी बढाउदै गर्दा सम्पुर्ण कर्मचारीको अत्यन्तै राम्रो सहयोग पाईरहेको छु । यस संस्थाका सवै कर्मचारीहरु संस्था प्रति निकै प्रतिवद्ध भएर लागिरहनुभएको छ । जहाँसम्म एउटैको नेतृत्व भन्दा पनि संस्थाको आफ्नै विशेष नीति नियम छ । त्यही नीति नियममा रहेर काम गरिरहेका छौं । नीति नियम बाहिर गएर काम गर्ने छुट कसैलाई पनि छैन र त्यो रहदैन पनि । नीति नियम अन्र्तगत रहेर हामीले सञ्चालक र कर्मचारीको आचारसहिंता समेत बनाएका छौ र सोही अनुसार अघि बढिरहेका छौ । संस्था रहे मात्रै हामी रहन्छौ । यदी संस्था नै रहेन भने हामी कोही पनि यहाँ रहँदैनौ । त्यसैले पनि सबैले नीति नियममा रहेर नै काम गर्नुपर्ने हुन्छ । निश्चित मापदण्ड र नियमावली बनाएर त्यही अनुसार सम्पुर्ण कर्मचारीहरुको परिचालन, रेखदेख, निरिक्षक र सुपरीवेक्षण भैरहेको छ । र सम्पुर्ण कर्मचारीहरुको ईमान्दारिता र मेहनतकै कारण संस्था यहाँसम्म आईपुग्न सफल भएको हो ।
संस्थाले वित्तिय कारोवार त गरिरहेकै छ तर पछिल्लो समय कृषिमा समेत काम गरिरहनुभएको छ । कृषिमा काम गरिरहदाँ कस्तो प्रतिक्रिया र सफलता पाईरहनुभएको छ र कृषि क्षेत्रमा आगामी योजनाहरु के छन् ?
कृषि प्रर्वद्धन कार्यक्रम अन्र्तगत हामीले आफ्नै कृषि फर्म संचालन गरी काम अघि बढाईरहेका छौ । हामीहरुले विगत लामो समयदेखि किसानलाई रासायनिक मल पनि उपलव्ध गराईरहेका छौ । साथै किसान सहकारी एउटा वहुउदेश्यिय सहकारी संस्था भएका कारणले खाली बचत र ऋृणको मात्रै कारोवार नगरेर अन्य काम समेत गर्नु पर्छ भन्ने उदेश्यले हामीले कृषि फर्म संचालन गरेका हौ । अहिले हामीहरु यसको शुरुवाती चरणमै छौं । एक वर्ष मात्रै भएको छ । केही अफ्ठयाराहरु पनि छन् । बिचमा कोभिड–१९ का कारणले गर्दा पनि केही समस्याहरु उत्पन्न भए । अहिले हामीले एउटा गाउँपालिकामा मात्रै सञ्चालन गरिरहेका छौ । आगामी दिनमा क्रमसः कैलाली जिल्लाभरी नै फैलाउने प्रयासमा लागिरहेका छौं । शुरुमा अलिकति अफ्ठयारो अवश्य छ तर पनि हामीलाई आशा र विश्वास छ हामी निश्चय पनि उत्पादनसंग जोडिएको कृषि क्षेत्रलाई अघि बढाउन हामी केही २–४ वटा नयाँ काम गर्न लाग्ने छौ । केही दिनमा अवस्य पनि सफलता हात पार्नेछौं भन्नेमा विश्वस्त छौं ।
किसानहरुका लागि कृषिमा सहुलियत ऋण प्रदान गर्न संस्थाले कस्तो योजना बनाएको छ ?
यसमा निश्चय पनि म साँच्चै कृषि पेशा नै गर्छु भनेर कोही शेयर सदस्य आउनुहुन्छ भने हामीसंग २–३ वटा प्रोडक्ट छन् । हामीसंग बिना धितो प्रोडक्ट पनि छ । यदि धितो भएन र ऐलानी जग्गामा काम गरिरहेको भएपनि हामीले लगानी गर्दै आएका छौं । अहिले हामीले सरकारसंग व्याज अनुदान लिएका छैनौ । सदस्यको निक्षेपबाटै दिने हो । त्यसैले कृषिमा सबैभन्दा कम व्याजदरमा हामीले ऋृण प्रवाह गरीरहेका छौ । कृषि गर्नको लागि कसैले निवेदन दिएको खण्डमा हामीले एकदमै प्राथमिकताका साथ छिटो, छरितो प्रकृया पु¥याएर २४ घण्टा भित्रै सेवा दिन तत्पर छौ ।
किसानले उत्पादन गरेका उपजलाई बजार व्यवस्थापन र भण्डारणका लागि कस्तो कार्यक्रम ल्याउदै हुनुहुन्छ ?
यसमा हामीले योजना अगाढी बढाईरहेका छौ । विभिन्न संघसंस्थाहरुसंग पनि सहकार्य गरिरहेकै छौ । विषेश गरी किसान सहकारीले सञ्चालन गर्न लागेको कोल्ड स्टोर समेत यसैका निम्ति हो । साथै अहिले यो क्षेत्रमा कृषि उत्पादन नै कम भएको अवस्था छ । यदी उत्पादन बढ्दै जाने हो भने त्यसको बजार व्यवस्थापन पनि हामी अवस्य गर्ने छौ । पहलमानपुरमा रहेको शित भण्डार गृहसंग पनि हामी यस विषयमा सहकार्य गरिरहेका छौ ।
लघुवित्तमा धेरै महिलाहरु आवद्ध छन् । यसलाई कसरी सञ्चालन गरिरहनुभएको छ र त्यसमा आवद्ध महिलाहरुले कसरी सेवा लिईरहेका छन् ?
लघुवित्त कार्यक्रम एकदमै राम्रो ढंगले सञ्चालन भईरहेको छ । अहिले हामीसंग करिव ५५ हजार महिलाहरु लघुवित्त कार्यक्रममा अवद्ध छन । र झण्डै २०० करोड बराबरको कारोवार भईरहेको छ । बिचमा कोभिड–१९ को कारण उहाँहरुले सञ्चालन गरिरहेको व्यवसायमा केही प्रभाव परेको छ । यद्यपि लघुवित्त कार्यक्रममा आवद्ध महिलाहरुलाई विभिन्न किसिमको सहुलियत, ब्याजदर छुट, बिना ब्याज रकम सापटी लगायतका कार्यक्रम पनि सञ्चालन गरेका छौ । यसबाट उहाँहरुलाई निकै सहुलियत भएको छ । र यही रकमबाट धेरैले पुनः व्यवसाय समेत सञ्चालन गरिरहेका छन् । यो कार्यक्रमलाई हामीले निरन्तरता दिने नै छौ ।
बिना धितो लगानी गर्नु कत्तिको चुनौतिपुर्ण छ ?
बिना धितो लगानी भनेको चुनौतिपुर्ण काम नै हो । यद्यपी हामीले सदस्यहरुको घर परिवारसंग मिलेर कसरी व्यवसाय सञ्चालन गरिरहनुभएको छ ? कसरी सञ्चालन गर्ने ? भन्ने जस्ता सल्लाह सुझाव दिने काम गरिरहेका छौ । उहाँहरुले हामीले दिएको सल्लाह सुझावका आधारमा काम गरिरहनुभएको छ । त्यसैले धेरै समस्या हामी कहाँ छैन । तर कतिपय महिला सदस्यहरुले कर्जाको सदुपयोग राम्रोसंग नगरेका कारण समस्यामा समेत पर्नुभएको पाएका छौ । उहाँहरुलाई पुन ः हामीले सहि बाटोमा ल्याउने काम पनि गरिरहेका छौं ।
वित्तीय सारक्षताका कार्यक्रमहरु कसरी सञ्चालन गरिरहनु भएको छ ?
वित्तीय सारक्षतामा हामीले धेरै कामहरु सञ्चालन गरिहेका छौं । महिलाहरुलाई पर्चा पम्पलेट, औपचारिक कक्षा लगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौं । यसका साथै प्रविधिलाई पनि सँगसँगै अगाढी बढाउनु पर्छ भन्ने हेतुका साथ हामीले एटिएम सेवा सञ्चालनमा ल्याएका छौ । मोवाईल बैकिङ सेवा पनि सञ्चालनमा ल्याएका छौं । संस्थालाई नै डिजिटल बनाउन विभिन्न प्रविधिमैत्री कार्यक्रम सञ्चालनमा ल्याएका छौ । क वर्गको वैङ्कमा जुन किसिमको सुविधा छन् हामीले पनि त्यही सेवा सुविधा संस्था मार्फत प्रदान गरिरहेका छौं ।
किसान सहकारी संस्थाका आगामी योजनाहरु के के छन् ?
किसान सहकारीले अहिले सञ्चालन गरिरहेको कारोवारबाट मात्रै हामी सन्तुष्ट छैनौं । अब यसको कार्यक्षेत्र बढाउने अभियानमा जुटेका छौं । सुदूरपश्चिमका नौ वटै जिल्लाका बासिन्दाहरुलाई पनि संस्थामा जोड्ने तयारी भैरहेको छ । यसका लागि काम भईरहेको छ । कृषिलाई पनि सशक्त ढंगले अगाढी वढाउन काम अगाढी वढाईरहेका छौं । कृषि र सहकारीको माध्यमवाट मात्रै देशको विकास र सम्वृद्धि हुन्छ भन्ने आशयका साथ हामीले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सोच बनाएका छौ । यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने छौं । एक्लैले भन्दा पनि सामुहिकतामा गएर काम गर्न सकिन्छ भन्ने हाम्रो वुझाई हो ।
अन्त्यमा सम्पुर्ण शेयर सदस्य र आम ग्राहक वर्गलाई के भन्न चाहनु हुन्छ ?
हामी २५ आँै रजत जयन्ती वर्ष मनाईरहेका छौ । यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । धेरै सहकारी संस्था स्थापना भए र अहिले ति कहाँ हराएका छन् पत्तो समेत छैन । तरपनि किसान सहकारीलाई निरन्तर सहयोग गर्दै यहाँसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरिदिनुभएको छ । यसका लागि म सबै प्रति आभार व्यक्त गर्न चाहन्छु । आगामी दिनमा समेत यहाँहरुबाट यस्तै सहयोगको अपेक्षा गर्दछु, धन्यवाद ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update