Hamro Patra
रिक्सेन थापा समाजको अध्यक्षमा गोपाल थापा

टीकापुर, कात्तिक १६
रिक्सेन थापा समाजको आठौं साधारण सभा टीकापुरमा सम्पन्न भएको छ । चुनावी साधारण सभाले गोपाल थापाको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि गठित कार्य समितिको उपाध्यक्षमा भक्तबहादुर थापा, सचिव झंकर थापा, सहसचिव धन थापा र कोषाध्यक्षमा महेश थापा चयन भएका छन । त्यस्तै सदस्यहरुमा तपेन्द्र थापा, नेत्रदेवी थापा, गणेश थापा, रामबहादुर थापा, महेन्द्र थापा र टेकबहादुर थापा चयन भएका छन ।

Khadga Memorial And Janajagriti

साधारण सभाले प्रेम थापाको संयोजकत्वमा लेखा समिति समेत गठन गरेको छ । लेखा समितिको सदस्यद्वयमा गणेश थापा र तपेन्द्र चयन भएका छन ।

साधारण सभा अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता र सम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । साधारण सभामा कैलाली र बर्दिया जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका भारद्वाज गोत्री थापाहरुको सहभागिता रहेको थियो ।

समाजको गठन पारिवारिक मेलमिलाप र सामुहिक कार्यका लागि भाइचारा स्थापना गर्ने उद्देश्यले भएको नवनिर्वाचित अध्यक्ष गोपाल थापाले जानकारी दिए । उनले सबै भारद्वाज गोत्री थापाहरुलाई समाजमा आवद्ध गर्नका लागि अभियान थालिने बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update