Hamro Patra
धनगढी दौडिन्छको उपाधी दुर्गालाई
Khadga Memorial And Janajagriti

धनगढी, १ बैशाख
धनगढी जेसिजद्वारा आयोजित नवजीवन धनगढी दौडिन्छ हाफ म्याराथनको यस वर्षको उपाधी साविक बिजेता जुम्लाका दुर्गा बुढाले जितेका छन् ।

बुढाले निर्धारित २१ दशमलव १ किमीको दूरी एक घण्टा सात मिनेटमा पार गर्दै उपाधी जितेका हुन् । उनले उपाधीसंगै ५५ हजार ५ सय रुपैया हात पारेका छन् ।
म्याराथनमा दोस्रो भएका नेपाली सेनाका होमलाल श्रेष्ठले एक घण्टा नौ मिनेट र तेस्रो नेपाली सेनाकै खगेन्द्र भाटले एक घण्टा १० मिनेटमा दुरी पार गरे ।
धनगढी जेसिजले सञ्चालन गरेको धनगढी दौडिन्छको यो छैठौ संस्करण हो ।

हरेक वर्ष नयाँ वर्षको दिन आयोजना गरिने धनगढी दौडिन्छ हाफ म्याराथन यस वर्ष नवजीवन सहकारी संस्थाले प्रायोजन गरेको थियो ।
हाफ म्याराथनको आज बिहान नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update