Hamro Patra
कैलालीका तेक्वान्दो खेलाडी विनोद थापाले बनाए नयाँ विश्व कीर्तिमान

टीकापुर, कात्तिक ४
कैलालीका तेक्वान्दो खेलाडी विनोद थापाले आज मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन । उनले सवैभन्दा बढी ४ हजार ७२५ किक हान्दै पुरानो बिश्व रेकर्डलाई तोडेका छन् ।

हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको थियो । उनको नाममा २२ अप्रिल २०१९ का दिन युएसएमा भएको कार्यक्रम एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम छ । कैलालीको टीकापुर नगरपालिकाका स्थायी बासिन्दा थापाले हानेको ४ हजार ७२५ किक अब नयाँ रेकर्ड बनेको छ ।

Khadga Memorial And Janajagriti

धनगढी स्थित टाउन सेन्टर फिटनेस रातोपुलको हलमा सम्पन्न कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवास शाहीको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य साम्राज्य बिक्रम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थापाले आफ्नो खेल प्रदर्शन गरेका थिए ।

सो अवसरमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर ओड, सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका निबर्तमान अध्यक्ष प्रदिप थापा, युथ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेन्द्र शाही, सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका बरिस्ट उपाध्यक्ष केशब भट्ट, उपाध्यक्ष सरोज चौधरी, कोषाध्यक्ष दिपेन्द्र कुँवर, सचिव श्रीराम चौधरी, कार्यसमिति पदाधिकारी लोग बहादुर बुढा, सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका संस्थापक महासचिव कटक बहादुर सिंह लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम दिउसो ठिक १२ः०० मा सुरु भई १३ः०० सम्म चलेको थियो । उक्त कार्यक्रमको भिडियो रकस्टार मिडियाले छायांकन गरेको छ भने कार्यक्रम सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघका महासचिव पदम बिक्रम सिंहले संचालन गरेका थिए । अब उक्त रेकर्डको सबै डकुमेन्ट गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाईने बताईएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update