Hamro Patra
बेपत्ता प्रहरी जवानको शव नदीमा गाडेको अवस्थामा भेटियो

टीकापुर, कात्तिक ४
धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित प्रहरी चौकी बेपत्ता सुरक्षाकर्मी जवान रामबहादुर साउँदको शव फेला परेको छ । उनको शव धारिलो हतियारले घाँटी रेटेर हत्या गरि मोहना नदीको बिचमा गाडेको अवस्थामा आज बिहान फेला परेको छ ।

सोही वडाको बनकट्टी घाटमा तस्करहरुको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक बिक र साउँदको हत्या गरि बीच नदीमा फालेको प्रहरीको भनाइ छ ।

Khadga Memorial And Janajagriti

असई विकको हात र माथिल्लो शरीर पानी माथि उत्रेको देखिएकाले आईतबार बिहान नै शव फेला परेको थियो भने जवान साँउदको शव फेला परेको थिएन ।

पक्राउ परेका तस्करले हत्या गरेको स्विकारेपछि उनीहरुले दिएको जानकारी अनुसार विकको शव फेला परेको ठाउँबाट करिव ५० मिटर उत्तरतर्फ नदीको बिच भागमा पानी भित्र गाडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

कैलालीका प्रहरी उपरीक्षक दिलिप देउवाले मोहना नदीको बिच भागमा गाडेको अवस्थामा जवान साउँदको शव फेला परेको बताए । उनको पनि टाउको र घाटीमा धारिलो हतियारले हिर्काएर हत्या गरिएको छ । असई विक र जवान साउँद दुवैलाई हत्या गरेर मोहना नदीको बिच भागमा गाडेको हत्या आरोपी तस्करहरुले प्रहरीसँगको बयानका क्रममा बताएका छन ।

शनिवार राति गस्तीमा गएका असई विक र प्रहरी जवान साउँदले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्करको समूहले हत्या गरेको खुलेको छ । हत्यामा संलग्न पक्राउ परेकाले प्रहरीलाई दिएको बयान अनुसार असई र जवानलाई एकाएक आक्रमण गरेर ढालेका थिए । तस्करी रोक्न खोजेकै कारण असई र जवानको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

३ महिना अघि मात्र अस्थाई प्रहरी पोष्ट जुगेडमा गएका विकले ३, ४ पटक सामान समातेका थिए । उनी आएपछि तस्करी गर्न जटिलता भएकाले तस्करहरुलाई समस्या भएको थियो । प्रहरीले संदिग्ध १३ जना पक्राउ गरेपनि ती हत्यामा संलग्न सवै नभएको प्रहरीले बताएको छ ।
तस्विरः सबिता बुढा, सेतोपाटी अनलाइनबाट साभार

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update