Hamro Patra
मालपोतमा सेवाग्राहीको ठेलमठेल, कसैलाई छैन कोरोनाको डर

टीकापर, असोज २७
विज्ञका अनुसार कोरोना संक्रमणबाट जोगिने एउटा उपाय हो, सामाजिक दुरी । सामाजिक दुरीको अर्थ एक व्यक्तिबाट अर्को व्यक्ति टाढा रहनु हो । विश्व स्वास्थ्य संगठनका अनुसार दुई व्यक्ति बिचको दुरी कम्तिमा ६ फिट हुनुपर्छ ।

तर टीकापुरस्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीबिचको सामाजिक दुरी ६ ईन्च जत्ति पनि छैन । हुलका हुल सेवाग्राही कार्यालय भित्र पस्छन र बाहिर निस्किन्छन । कार्यालयमा सेवाग्राहीबिच ठेलमठेल भैरहन्छ । उनीहरु कसैले पनि सामाजिक दुरी पालना गरेको पाईदैन ।

Khadga Memorial And Janajagriti

कति दिन मालपोत परिसरमा लागेको भिड नियन्त्रण गर्न प्रहरी नै बोलाउनु प¥यो । ठूलो संख्यामा रहेका सेवाग्राहीले प्रहरीलाई समेत टेर्दैनन् । प्रहरीले पनि टाढैबाट सचेत गराउने बाहेक भिड नियन्त्रण गर्न अन्य कुनै उपाय अवलम्वन गर्न सकेको पाईदैन ।

सेवाग्राहीको अवस्था देख्दा लाग्छ मालपोत कार्यालय कोरोना सार्ने सेन्टर बन्दैछ । सेवाग्राहीको यस्तो भिडमा पनि कसैलाई कोरोनाको डर छैन । उनीहरु आफ्नो काम कसरी सम्पन्न गर्ने भन्नेमा मात्रै चिन्तित छन । कार्यालयले एक दिनमा सिमित काम मात्रै गर्ने नियम बनाएपछि समयमै काम सक्न सेवाग्राहीलाई हम्मेहम्मे हुन्छ ।

कतिपय सेवाग्राही बिहान उज्यालो नहुँदै कार्यालयको गेटमा लाइन बस्न आउँछन । उनीहरुको काम तैपनि एकदिनमा सकिदैन । कार्यालयले एकदिनमा सिमित सेवाग्राहीको काम गर्ने भनेपछि बिहानै लाइनमा बस्नुपर्ने वाध्यता आएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update