Hamro Patra
टीकापुर नगरपालिकाका थप एक कर्मचारीमा कोरोना पुष्टी

टीकापुर, असोज २५
टीकापुर नगरपालिकामा कार्यरत थप एकजना कर्मचारीमा कोरोना पुष्टी भएको छ । बिहिवार स्वास संकलन गरिएका ती कर्मचारीमा आज कोरोना पुष्टी भएको हो ।

स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले नगरपालिकालाई आधिकारिक जानकारी नआए पनि सम्बन्धित व्यक्तिलाई कोरोना पुष्टी भएको खबर प्राप्त भएको बताए ।

Khadga Memorial And Janajagriti

केही दिन अघि कानून अधिकृत केशरबहादुर थापा (उनले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमति भएको भनेर उल्लेख गरेकाले नाम लेखिएको) लाई कोरोना पुष्टी भएको थियो ।

स्वास्थ्य शाखा प्रमुख रावलले अन्य थप केही व्यक्तिहरुलाई समेत कोरोना पुष्टी भएको जानकारी दिए । उनले वडा नं. ५ मा भारतबाट आएकी एक युवतीलाई समेत कोरोना पुष्टी भएको बताए । उनले आजको विवरण आउन बाँकी रहेकाले संख्या यकिन गर्न नसकेको बताए ।

उनले आज मात्रै नगरपालिकाका कर्मचारी र कोरोना पुष्टी भएका व्यक्तिका आफन्त गरी ९७ जनाको स्वास संकलन गरिएको बताए ।
कर्मचारीमा कोरोना पुष्टी भएपछि टीकापुर नगरपालिका कार्यालय असोज २६ गतेसम्मका लागि सिल गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update