Hamro Patra
मौलायो जुवातास, १७ जना जुवाडे पक्राउ

टीकापुर, असोज २१
नेपालीहरुको प्रमुख चाड दशैं तिहार नजिकिदै गर्दा जिल्लाका विभिन्न ठाउँमा जुवा खेल्ने क्रम बढेको छ । जुवा खेल्ने क्रम बढेसँगै प्रहरीले नियन्त्रणको प्रयास समेत सकृय पारेको छ । इलाका प्रहरी कार्यालय सुखड र लम्कीले गएराति १ लाख ६८ हजार नगद सहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जुवाको खालबाट केही थान तास समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार इप्रका सुखडबाट खटिएको टोलीले घोडाघोडी नगरपालिका–१० आमखैयास्थित टेकबहादुर मल्लको घरमा छापा मारेको थियो । विशेष सूचनाका आधारमा साढे नौ बजे त्यहाँ पुगेको प्रहरी टोलीले १ लाख ३५ हजार ५०० नगद सहित जुवा खेल्दै गरेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरेको छ ।

Khadga Memorial And Janajagriti

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षका दिलिप कठायत, ३५ वर्षका गणेश कठायत, ३० वर्षका केशव मल्ल, ४० वर्षका भद्रबहादुर बडुवाल, २८ वर्षका धनञ्जय कठायत, २० वर्षका धनबहादुर कठायत, २१ वर्षका खगेन्द्र बुढा, २२ वर्षका हरिश कठायत र २५ वर्षका नविन कठायत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिएका छन ।

उनका अनुसार सोही घरबाट गौरीगंगा नगरपालिका–१० का २८ वर्षका रमेश कठायत र २५ वर्षका अरविन चौधरी समेत पक्राउ परेका छन । प्रहरीले जुवा खेलाउने घरधनी मल्ललाई समेत पक्राउ गरेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय लम्कीको टोलीले राति ११ बजे लम्की चुहा नगरपालिका–२ स्थित रोहन ढकालको घरबाट जुवाडे पक्राउ गरेको छ । प्रहरीले सो घरबाट ३२ हजार ५५० रुपैयाँ नगद समेत बरामद गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेेमा सोही ठाउँका ३४ वर्षका विष्णु केसी, ४२ वर्षका शेरबहादुर रावल, ३५ वर्षका खड्क पुन, ३५ वर्षका हर्क पुन, ३७ वर्षका डिल्लीप्रसाद जोशी रहेको डिएसपी बिष्टले जानकारी दिए । प्रहरीका अनुसार घरधनी ढकाल फरार भएका छन । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई जुवा मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update