Hamro Patra
टीकापुर नगरपालिका सिलः असोज २६ गतेसम्म सम्पूर्ण सेवा बन्दः एकजना पुरुष कर्मचारीमा कोरोना

टीकापुर, असोज २१
टीकापुर नगरपालिका असोज २६ गतेसम्मका लागि सिल गरिएको छ । नगरपालिकामा कार्यरत एकजना कर्मचारीमा कोरोना देखिएपछि सिल गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले आज एक सूचना जारी गरी निजको सम्पर्कमा आएका सबै कर्मचारीहरु क्वारेन्टाइन बस्नुपर्ने भएकाले सिल गरिएको उल्लेख गरेका छन । सूचनामा उल्लेख भए अनुसार असोज २६ गतेसम्म नगरपालिकाका सम्पूर्ण सेवाहरु बन्द रहने छन ।

Khadga Memorial And Janajagriti

स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार एकजना पुरुष कर्मचारीमा कोरोना देखिएको हो । उनको असोज १९ गते स्वाब संकलन गरिएको थियो ।

उनले टीकापुर नगरपालिकामा आज मात्रै १० जनामा कोरोना देखिएको जानकारी दिए । उनका अनुसार नगरपालिका भित्र कोरोना संक्रमितको संख्या २०२ पुगेको छ । ती मध्ये ५० जना सकृय र अन्यलाई निको भैसकेको छ ।

नगरपालिकामा कोरोना समुदाय स्तरमा देखिन थालेको छ । कोरोना समुदाय स्तरमा देखिन थालेपछि चुनौती बढेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update