Hamro Patra
टीकापुर नगरपालिका सिल गर्ने तयारीः एकजना पुरुष कर्मचारीमा कोरोना

टीकापुर, असोज २१
टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीमा कोरोना देखिएको छ । स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार एकजना पुरुष कर्मचारीमा कोरोना देखिएको हो । उनको सोमवार स्वाब संकलन गरिएको थियो ।

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका सिल गर्ने तयारी भैरहेको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले जानकारी दिए । उनले कर्मचारीमा कोरोना देखिएपछि अरुलाई सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिका सिल गर्ने तयारी भैरहेको बताए ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिकामा आज मात्रै १० जनामा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए । उनका अनुसार नगरपालिका भित्र कोरोना संक्रमितको संख्या २०२ पुगेको छ । ती मध्ये ५० जना सकृय र अन्यलाई निको भैसकेको छ ।

उनले नगरपालिकाका सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा राखिने बताए । आइतवारसम्म सबै कर्मचारीको स्वाब संकलन गरिने रावलले जानकारी दिए ।

नगरपालिकामा कोरोना समुदाय स्तरमा देखिन थालेको छ । कोरोना समुदाय स्तरमा देखिन थालेपछि चुनौती बढेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update