Hamro Patra
प्रहरीद्वारा तीनसय लिटर अवैध मदिरा नष्ट
Khadga Memorial And Janajagriti

टीकापुर, असोज २१
इलाका प्रहरी कार्यालय टीकापुरले आज तीनसय लिटर अवैध मदिरा नष्ट गरेको छ । टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यको उपस्थितिमा प्रहरीले अवैध मदिरा नष्ट गरेको हो ।

सो अवैध मदिरा प्रहरीले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न ठाउँबाट बरामद गरेको हो । प्रहरी निरिक्षक अरुण बमले अवैध मदिरा उत्पादन गर्ने कार्यलाई निरुत्साहन पार्न प्रहरी सकृय रहेको जानकारी दिए ।

प्रहरीले नेपालीहरुको प्रमुख चाड दशैं तिहारलाई लक्षित गरेर सकृयता बढाएको छ । प्रहरी निरिक्षक बमका अनुसार नागरिकसँगको सहकार्यमा प्रहरी सकृयतालाई ब्यापक बनाईएको बताए ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update