Hamro Patra
पत्रकार कुट्ने विरुद्ध महासंघ आन्दोलित

धनगढी, भदौ २८
नेपाल पत्रकार महासंघ कैलालीले दिनेश सञ्चार गृहका पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलन थालेको छ । महासंघले आज र्याली सहित जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा प्रर्दशन गरेको छ ।

पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको २ दिनसम्म पनि प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै महासंघ कैलालीले चरणबद्ध आन्दोलन थालेको हो ।

Khadga Memorial And Janajagriti

आज पहिलो दिन पत्रकारहरूले धनगढीको पार्क मोडबाट जिल्ला प्रशासन कार्यालय कैलालीसम्म ¥यालीको आयोजना गरेका छन । जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा पत्रकारहरूले कोणसभा गर्दै पत्रकार कुटपिटमा संलग्नहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५ –२० जनाको समूहले सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए । उनीहरुले समाचारको विषयलाई लिएर व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुव्र्यवहार गरेका थिए ।

पीडित पक्षले धनगढी उप–महानगरपालिका–५ बस्ने कुवेर खड्का, प्रमोद खड्का, समिर वड, चक्र रावल, सरोज थापा लगायतका २० जनाविरुद्ध जाहेरी दर्ता गरेको छ । सार्वजनिक हितविरुद्धको कसुरमा जाहेरी दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो ।
उनका अनुसार धनगढी उपमहानगरपालिका–१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन । तर मृतकका आफन्तले भने उनले आत्महत्या नभई उनको हत्या भएको बताउँदै आएका छन् ।

समाचारमा आत्महत्या किन लेखेको भन्दै दिनेश सञ्चार गृहको समाचार कक्षमा पुगेर समूहले आक्रमण गरेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update