Hamro Patra
जबर्जस्ती करणीको आरोपमा चार पक्राउ

टीकापुर, भदौ २४

जिल्ला प्रहरी कार्यालय कैलालीले एक महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

Khadga Memorial And Janajagriti

धनगढी उपमहानगर पालिकाकी २१ वर्षीया महिलामाथि मंगलवार साँझ धनगढीस्थित होटल डडेल्धुरा एण्ड बारमा बलात्कार भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक २० वर्षीय सञ्जु पाल, डडेल्धुराका २० वर्षीय हेमन्त दियाल, २४ वर्षीय दीपक भट्ट र २१ वर्षीय टंक धामी रहेका छन् । पक्राउ परेकाहरुमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

त्यस्तै कैलाली प्रहरीले २ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. ८ का २७ वर्षीय अभिषेक गौतम रहेका छन् ।

उनलाई घरबाटै २१ पुडिया ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update