Hamro Patra
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत  कृषि र वन विज्ञान संकाय विकास र विस्तारका लागि प्रस्तावित कार्यक्रमहरुः समीक्षात्मक टिप्पणी

विषय प्रसङ्ग
देशभर संघीय सरकारले विगत ११ वर्षअघि सुरु गरेका विश्वविद्यालयहरु मध्ये सुदूरपश्चिमाञ्चल विश्वविद्यालय पनि एक महत्वपूर्ण विश्वविद्यालय हो । विशेषतः नेपालको सुदूरपश्चिम क्षेत्रको Academic विकासको लागि खोलिएको यस विश्वविद्यालयले वि.सं. २०७५/७६ देखि कृषि विज्ञान संकाय अन्र्तगत B.Sc.Ag मा ४ वर्षे कार्यक्रम अन्र्तगत टीकापुर बहुमुखी क्याम्पस परिसरमा प्रति व्याज १०० जनाको दरले २०० जना विद्यार्थीहरु भर्ना गराईसकेको छ । यी अवस्था रहदै गर्दा र Far-western Province को प्राकृतिक सम्पदा व्यवस्थापन गर्न पनि कृषि, वन, माछा र पशुपालन विषयलाई थप विस्तार गराउनु पर्ने देखिन्छ । तसर्थः कृषि विज्ञान संकाय डीनको कार्यालयले यस क्षेत्रकोे कृषि विकास गरि सुदूुरपश्चिमाञ्चल विश्वविद्यालयको Academic Hub विकासको लागि निम्न कार्यक्रमहरु उपयुक्त ठानेको छ ।
प्रस्तावित नयाँ कार्यक्रमहरुः
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम प्रदेशमा नै प्राविधिक विषयहरुको जनशक्ति विकासमा थप विस्तार गर्न सुदूरपश्चिमका नौ जिल्ला मध्ये आवश्यकता र माग भए अनुसार टीकापुर बहुमुखी क्याम्पस अन्र्तगत रहेको ३८० विगाहा, राष्ट्रिय पुनर्वास कार्यक्रम, वेलौरी कञ्चनपुर, सुन्दरपुर कृषिफार्म, कञ्चनपुर, गोदावरी क्षेत्र धनगढी, डडेलधुरा, दिपायल डोटी आदि थुप्रै सम्भाव्य क्षेत्रहरुमा कृषि, पशुपालन, माछा, वन विज्ञान तथा जडिबुटी प्रर्वधन जस्ता विषयहरुमा B.Sc.Ag, B.Sc Animal Science, B.Sc Fishery / B.Sc Forestry कार्यक्रम सञ्चालन गर्न सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी समिति यस कामलाई अघि वढाउन ठोस नीति र कार्यक्रमको तर्जुमा गर्न प्रतिवद्धता व्यक्त गर्दछ । सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाहरुमा समस्याको रुपमा रहेको पशु–चौपाय व्यवस्थापन र यस क्षेत्रको वन सम्पदालाई जोगाउन पनि पशुपालन र वन विज्ञान विषयको B. Sc level सम्मको कम्तीमा ५० जनाविधार्थी क्षमताको १–१ आङ्गिक कलेज यथाशिघ्र खोल्न सक्दा प्रदेशकै विकासमा टेवा मिल्ने देखिन्छ । यस्तै यहाँ रहेको जलसम्पदाको सही प्रयोजन माछा–पालन व्यवसायवाट समेत हुने हँुदा B.Sc Fishery विषयमा पनि एक कलेज अत्यावश्यक हुन जान्छ । यस क्षेत्रमा तीनवटै (कृषि, पशु र वन) विषयहरुकोे प्रचुर सम्भावना रहेको अवस्थामा थुप्रै कार्यहरु पूरा गर्नुपर्र्ने हुनजान्छ ।
यसका लागि नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु जस्तैै प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम तथा सुदूरपश्चिमका थुप्रै कृषि, वन र पशुपालन तथा खाद्य सुरक्षाका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रोजेक्टहरुसँग कृषि विज्ञान संकायले समन्वय गरि अघि बढ्ने कार्य तय गर्दैछ । कृषि अनुसन्धान, कृषि शिक्षा र कृषि प्रसार Land grant system model को अभिन्न पाटो रहेको कारण यसको विकास र विस्तारका लागि विश्वविद्यालयलाई स्थानिय, प्रदेश र संघीय सरकार सँगको समन्वय र टड्कारो सहयोगको आवश्यकता खड्किएको छ । हाल क्षेत्रीय रुपमा उपलब्ध गराइएको २५ जना छात्रवृति कोटालाई वढाएर नेपालभरीका तेज विद्यार्थीको पहुँचमा पु¥याउने कार्यमा डीनको कार्यालय नयाँ कार्य योजनामा छ । सरसर्ती हेर्दा नेपालमा रहेको अन्य कृषि अध्ययन संस्थान तथा विश्वविद्यालयहरुसँग सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि संकायलाई पनि गुणस्तरमा विकास गर्नुपर्ने हुनेछ । कृषि संकायलाई पनि QAA मा लैजान प्रयत्न सुरु गरिनेछ ।

कृषि र वनविज्ञान संकायको संगठनात्मक ढाँचा र संस्थागत सहकार्य ः
टीकापुर बहुमुखी क्याम्पस अन्र्तगत रहेको ३८० विगाहा मध्ये प्रस्तावित कृषि विज्ञान संकायको डीनको कार्यालयले प्रतिवर्ष पढाउने १०० जना B.Sc.Ag., प्रस्ताव गरिए बमोजिम ५० जना B.Sc Animal Science पछि स्तर उन्नति गरिने Veterinary Science, ५० जना B.Sc Forestry र २५ जना B.Sc. Fisheries विषयको लागि सही र पूर्ण master plan सहितको (१) administrative buildings (२) Academic buildings (३) Laboratories (४) Library (५) Student hostels (६) Residential buildings (७) खेलकुद stadium (८) गाई, भैसी, गोठ (९) कुखुरा एवम् बंगुर खोर (१०) एग्रो फोरेष्ट्री फार्म (११) चरण विकास (१२) माछा पोखरीहरुको निर्माण (१३) अन्नवाली विउ फार्म र (१४) तरकारी, फलफुल र उधान फार्महरुको विकासका लागि प्रदेश सरकार र स्थानिय विकासप्रेमी जनसमुदायहरुको सवैभन्दा बढी सहयोगको अपेक्षा लिएका छौं ।्
स्थानीय जनशक्तिको कार्यक्रम हाललाई विषेशतः १२–१३ जना कृषि विषयका प्राध्यापकहरु, ७–८ जना बिद boys र अन्य प्रविधि सहितको पशुपालन तथा वागवानी र वाली विज्ञान फार्म, वालीरोग, किरा तथा माटो विज्ञान प्रयोगशालाको पनि त्यत्तिकै टड्कारो आवश्यकता देखिन्छ । यसको स्थापनाको लागि ठूलो धनराशी चाहिने हुनाले विदेशी निकायहरुसँग पनि समन्वय रहिआएको छ । डीन कार्यालय यसको लागि प्राज्ञिक तथा अन्य आवश्यक कार्यमा तल्लिन छ । China Academy of Science and Technology, Gyeongsang National University Korea र NRNA Australia, तथा Tuskegee University, America आदिसँग यसको समन्वय विगत २ वर्षमा सुरुवात भैसकेको छ ।
कृषि संकाय संस्थागत संरचना र टीकापुरवासीहरुलाई हुने प्रत्यक्ष अप्रत्यक्ष फाईदाहरु ः
यस क्षेत्रको मानव जनशक्तिको वौद्धिक र सामाजिक विकासको लागि पनि वनविज्ञान संकायलाई समेत कृषि विज्ञान संकाय टीकापुरमा नै डीनको कार्यालय खडा गरी दुवै संकायको एकै आकारमा विस्तार गरी प्रशासनिक निकायहरु जस्तै ः कर्मचारी प्रशासन, लेखा, पुस्तकालय, शिक्षण तथा परीक्षा शाखा, सभागृह, खेलकुद मैदान र dispensary को थप आवश्यकता पर्ने हुनाले टीकापुरस्थित कृषि डीनको कार्यालयले हाल कम्तीमा २५–३० जना तहगत कर्मचारी र पूर्ण विस्तारित प्रारम्भिक परिवेशमा लगभग ९०–१०० जना कर्मचारीको नियुक्ति प्रक्रियाले टीकापुरबासी लगायत सुदूरपश्चिम क्षेत्रका जनताको रोजगारीमा समेत टेवा पुग्ने हुन जान्छ । माथि उललेखित सवै विषयमा क्याम्पस खोली कार्य अघि वढ्दा लगभग १००–२०० जना दक्ष प्राविधिक, ३००–४०० कर्मचारीहरु, ८००–१००० विद्यार्थीहरुको कर्मथलो टीकापुर, सुदूरपश्चिम प्रदेश वन्नेछ ।
कृषि संकायलाई व्यवस्थापन गर्न टीकापुरमा सहायक डीनहरु, अनुसन्धान निर्देशक, कृषि प्रसार निर्देशक नियुक्ति सहित कृषि, वन, माछा र पशुपालन विषयको पढाई सञ्चालन गरिने र हाललाई अन्य जिल्लाहरुमा यसका १–१ आङ्गिक क्याम्पस र आङ्गिक क्याम्पस सुचारु भैसकेपछि सम्बन्धन प्राप्त क्याम्पसहरु समेत खोल्ने कृषि र वन संकायको मूख्यकार्य हुनेछ । पछिल्ला दिनहरुमा कृषि ईन्जिनियरिङ र थुप्रै विषयहरुमाः Sc. Ag र PhD सम्मको पढाईहरु गरि नेपाल कृषि अनुसन्धान परिषद संग समन्वय गरी अब बन्ने satellite केन्द्र सँग सँगै कार्य हुनेछ । यसका अतिरिक्त नेपालमा नै हाल सम्म नभएको कृषि तथ्याङ्कशास्त्र (Agricultural Statistics) तथा जलवायु विज्ञान (Agro-meteorology) विषयहरुमाः B.Sc.Ag. को पढाई सुरु गर्न सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयलाई नजिकै रहेको पन्तनगर विश्वविद्यालयको सहयोग लिन सकिने कुराले थप महत्व राख्दछ ।
सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा Law, Nursing र Engineering को पढाई पनि सुरु गरी Academic hub को package सहितकोे पहिचान वनाउनु उत्तम हुनेछ । कृषि विज्ञान संकाय टीकापुरलाई कृषि प्राविधिक शिक्षाको धरोहर र पवित्र मन्दिर बनाउने लक्ष्यमा नेपालका ७७ वटै जिल्लाको पहुँचमा आउने विद्यार्थीहरुले गर्दा यस क्षेत्रहरुको पर्यटकिय विकासमा समेत थप टेवा मिल्नेछ । यसवाट टीकापुरमा वार्षिक घरभाडा, खाना तथा व्यवसायमा गरी वार्षिक रु ५ करोड बराबरको व्यापार वढ्नेछ ।
कोरोना कहरवाट ग्रसित जनतालाई यी तालिम केन्द्रहरुले उपयुक्त सीप सिकाउने र जनतालाई रोजगारीमूलक उद्यमशिलता वनाई खाद्य सुरक्षा तथा सम्प्रभुतामा जोड पुग्न जानेछ । विश्वविद्यालयहरुको औपचारिक शिक्षासंगसंगै अनौपचारिक तालिम केन्द्रहरुमार्फत कृषकहरुलाई तालिम दिने पनि मुख्य काम हुने भएको कारण यस प्रदेशको तराई क्षेत्रमा अन्नवाली, मध्यपहाडी भागमा वागवानी र उच्च पहाडी क्षेत्रमा एक जडिबुटी नमूना तालिम केन्द्र र उपयुक्त स्थानमा नमूना पशुपालन तालिमकेन्द्र विकासको लागि समेत स्थापना गर्न सुदूरपश्चिम प्रदेश सरकारसंग भौतिक पूर्वाधार र स्विकृत कार्यक्रमको कार्यक्रम बनाउँदैछौं । यस क्षेत्रका स्थानीय तथा केन्द्रीय राजनैतिक नेतृत्व, शिक्षाप्रेमी तथा वौद्धिक महानुभावहरुको सल्लाह बमोजिम यस सुदूुरपश्चिम प्रदेशमा खाद्य सुरक्षा सम्प्रभुता कायम राख्न र कृषि विज्ञान शिक्षा मार्फत ग्रामिण वस्तीका जनतालाई कृषिमा थप उद्यमशिलता वनाउन पनि कृषि प्राविधिक शिक्षाको यस सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा नितान्त आवश्यकता खड्किएको छ । कृषि प्रधान मुलुकमा उन्नत र सुधारिएको प्रविधि सहितको कृषि विश्वविद्यालययसको सुरुवाती जग हुनेछ । टीकापुरलाई भविष्यमा भारतकै गरीमामय पन्तनगर विश्वविद्यालय जस्तै बनाउने प्रयत्न कृषि डीनको कार्यालयले लिएको छ ।
सारांशः
समग्रमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय मार्फत यस क्षेत्रको भौतिक, सामाजिक तथा अन्य academic विकासका लागि कृषि विज्ञान संकाय विकास र विस्तारका लागि आवश्यक जग्गा जमिन र आ–आफ्नो तहगत संस्थावाट आर्थिक तथा सामाजिक सहयोग जुटाईदिने काम प्रमुख रहन्छ । यसको जग्गा उपलब्धता सँग–सँगै DPR सहितको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन काममा ठूलो Project cost को माग गर्नुपर्नेछ । यसको लागि यहाँको राजनैतिक दल, स्थानीय नेतृत्व, वौद्धिक, शैक्षिक, प्रशासिनक र पत्रकारहरुको ठूला सहयोगकोे खाँचो छ । यो क्षेत्र विकासका लागि केही संस्थागत प्रतिवद्धता कायम भए सोही बमोजिम कृषि तथा वन विज्ञान संकाय विकास र विस्तारमा Master plan (DPR) बनाइने र त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाईदा यस प्रदेशका जनताले भोगचलन गर्न पाउने व्यहोरा राख्दै कृषि विज्ञान संकाय डीनको कार्यालय सवै महानुभावहरु तथा संघ संस्थाहरु प्रति आभार र आवश्यक सहयोगको अपेक्षा गर्दछ ।
—अस्तु—

Khadga Memorial And Janajagriti

 

 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update