Hamro Patra
पूर्वपश्चिम राजमार्ग मर्मत शुरु

टीकापुर, भदौ २४ 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चिसापानीदेखि अत्तरियासम्मको सडकखण्डको मर्मत कार्य शुरु गरिएको छ । गत चैत्रमा कोरोना प्रभावबाट लकडाउन भएसँगै रोकिएको मर्मत कार्य पुनः सुचारु गरिएको हो ।

Khadga Memorial And Janajagriti

चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडकखण्डमा शयौं खाल्डा परेका छन् । लकडाउन र वर्षात्ले ढिलाई भए पनि सडक मर्मतको काम सुचारु गरिएका सडक डिभिजन कार्यालयले महेन्द्रनगरले जनाएको छ

कार्यालयले बनबेहडा र चिसापानी गरी दुई ठाउँबाट सडक मर्मतको कार्य सुचारु गरेको सडक डिभिजन कार्यालयले महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले बताए । ‘अहिले बनबेहडा र चिसापानी गरी दुई ठाउँबाट साना खाल्डाखुल्डी मर्मत गरिरहेका छौं’ बमले भने, ‘अबको केही दिनमा अर्को स्थानबाट पनि मर्मतको काम शुरु गरिनेछ ।’

सडकखण्डको लम्की, मुडा, सुख्खड, पहलवानपुर, मसुरिया, राजीपुर र अत्तरियामा सडकको अवस्था झन नाजुक छ । सडकमा भैंसी आहाल बस्ने भन्दा ठूला खाल्डा परेका छन् ।

सडकमा परेका ठूल्ठूला खाल्डाले सवारी साधन सञ्चालनमा निकै कठिनाई हुने गरेको छ । ठूला सवारी साधन सञ्चालनमा समेत बढी समय लाग्ने र साना सवारी साधन सडकमा ठोक्किने समस्या सवारी चालकले भोग्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update