Hamro Patra
लम्की–टीकापुर सडक जीर्ण

पृथ्वीराज ढुंगाना
टीकापुर, ३० चैत
कालोपत्रे गरेको तीन वर्ष नपुग्दै लम्की–टीकापुर सडक जीर्ण बनेको छ । १४ किलोमिटर सडकमा ठूलठूला खाल्डा परेका छन । खाल्डाले सवारी आवागमनमा निकै समस्या भएको छ ।


टीकापुर हुँदै भारतीय सीमा नाका खक्रौलासम्मको सडकको अवस्था समेत दिनप्रति दिन बिग्रदै गइरहेको छ । सडकको अवस्था बिग्रिए पनि मर्मत सम्भारमा सम्बन्धित निकायले ध्यान नदिएको जानकी गाउँपालिका– ५ का रामसेवक चौधरीले बताए ।

Khadga Memorial And Janajagriti


चौधरीका अनुसार लम्की नजिकैको अमौरी क्षेत्रको सडकमा अझ धेरै खाल्डा छन् । विशेष गरी साना सवारी साधन बढी समस्या छन् ।

सडक मर्मतका लागि स्थानीय सरकारले चासो नदिएको टीकापुरका नन्दबहादुर कार्कीले बताए । लम्कीदेखि खक्रौलासम्मको २७ दशमलव ६ किलोमिटर सडक भारतीय निर्माण कम्पनी जिआर गाभरले निर्माण गरेको हो । यो सडक हुलाकी सडक अन्र्तगत निर्माण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update