Hamro Patra
अछाम प्रहरीद्धारा थप तीन जना पक्राउ

अछाम, भदौ २४

अछाम प्रहरीले हत्यामा संलग्न थप तीन जनालाई पक्राउ गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका २४ वर्षिय सन्तोष भण्डारीको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Khadga Memorial And Janajagriti

पक्राउ पर्नेमा जिल्लाको कमलबजार नगरपालिका वडा नं. ६ को हात्तीबाजका २३ वर्षीय भुपेन्द्र शाही, कालापोखराका १८ वर्षीय मिनबहादुर शाही र दैलेखको आठविस नगरपालिका वडा नं. २ श्रीकोटका २० वर्षीय राम शाही रहेका छन् ।

प्रहरीले यसअघि भण्डारीको हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो । युवाहरुको समुहले भण्डारीलाई खानडाँडा भन्ने स्थानमा आक्रमण गरि घाइते बनाएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

पक्राउ परेका ९ जनालाई नै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update