बुढापाकाहरु भन्ने गर्थे ‘कृषि उत्तम, व्यापार मध्यम र नोकरी निर्धन’ । तर, अचेल यो कहावत ठीक उल्टो भएको छ । अन्तर्राष्ट्रिय सामाजिक अभियन्ता वारवेडा जोसेफ भन्छिन् –‘जीवनमा कहिल्यै पनि अदालत, प्रहरी कार्यालय, अस्पताल, मन्दिर, मस्जिद वा चर्च आदि नजाने मान्छे हरेक दिन बिहान, दिउँसो र बेलुकी तीन पटक कृषकहरु सम्झन वाध्य हुन्छन, त्यसैले म ती महान जीवनदाता कृषकहरुलाई ठूलो आदर गर्दछु ।’ भोको मान्छेले भगवान पनि देख्दैन भन्छन, सायद, यसैले होला कृषिपेशा आदिमकालदेखि अहिलेसम्म पनि त्यत्तिकै महत्वपूर्ण मानिएको । बीचको विभेदयुक्त परिवेशले आज संसारका झण्डै १ दशमलव ५ अर्व मानिस भोकमरीकै कारण बाँच्नको लागि खानुपर्ने र खानको लागि वाँच्नेहरु आन्दोलन, हिंसा तथा असामान्य राजनैतिक घटनाका शिकार वन्न वाध्य पारिएका छन । आज संसारभरनै कोभिड–१९ जस्ता रोग व्याधि र प्राकृतिक विपत्तिले अर्थतन्त्रमा नराम्रो असर परेको छ भने करोडौ मान्छेहरु बेरोजगार भई भोकमरीमा जान वाध्य छन । हाम्रो जस्तो गरिव, अल्पविकसित र कुनै नीति र नियम कार्यान्वयनको अभ्यास नभएको मुलुकमा यसको झन धेरै असर नपर्ने विषय नै रहेन । सुदूरपश्चिम प्रदेश, जो नेपालकै अलग्गै, दुर्गम, अविकसित र अशिक्षित भूगोलको रुपमा पहिचान वनाईएको स्थानमा झन यसको विकराल समस्या नहुने त कुरा नै वाँकी रहेन । तसर्थः यस क्षेत्रको सर्वाङ्गिण विकासको लागि प्राविधिक मानव संसाधनको झन टड्कारो खाँचो सिर्जना भएको छ । अहिलेको अवस्थामा प्राविधिकधारका विद्यार्थी र मानव संशाधन विकास अनिवार्य आवश्यकता हो र यस लेखमा यही विषयलाई थप प्रष्टाउने जमर्को गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको ऐतिहासिक पृष्ठभूमि
भारतवर्षमा अंगे्रजहरुको आगमनपूर्व हिन्द–कुश पहाडमा मुस्लिम शासकहरुवाट पीडित भई वा नयाँ–नयाँ वस्तीको खोजी गर्दै कुमाँउ–गढवालबाट पश्चिम नेपाल हुँदै आएका आर्य तथा खसहरुको वस्ती वस्दै पूर्वी नेपाल सम्म पुगेको ईतिहास सवैले पढेका छांै । विगतमा सिंजाको सभ्यता वा सुदूरपश्चिमका विकास र केन्द्रीय राज्यसत्तामा रहेको यस भूगोलको प्रभाव आज फेरि पढ्नुपर्ने भएको छ । जहाँ कृषि फस्टाउँछ त्यहाँ सभ्यता फस्टाउँछ भने जस्तै सत्रौ–अठारौ शताब्दीमा नेपालको पश्चिम भूगोल सभ्रान्त राज्य भएको हामी सवैलाई थाहा छ । अव पनि त्यस्तै भविष्य यस प्रदेशले राख्न सक्दछ, केवल राजनैतिक वैचारिक इच्छाशक्तिको खाँचो छ आज ।
सुदूरपश्चिम प्रदेशमा कृषि र वन्यक्षेत्रका विशेषताहरु
नेपाल अधिराज्यको सुदूरपश्चिममा नौ जिल्लाले ढाकेको सुदूरपश्चिम प्रदेश वास्तवमा नै प्रचुर प्राकृतिक सम्पदा, जैविक विविधता र मानवीय संसाधनको उत्पादनको हिसावले धनी प्रदेश हो । भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेश तथा उत्तरप्रदेशराज्य संग मिल्ने हावापानी, विशेषतः हिउँदे मौसममा पर्ने प्रभावकारी वर्षाले यहाँको खेती प्रणालीलाई थप टेवा पुर्याएको पाईन्छ । समग्र नेपाललाई हेर्दा गण्डकी नदी पश्चिमका पहाडमा मात्र हिउँदे खेती सफल र प्रमुख वाली पनि मानिन्छ । हरितक्रान्तियुक्त भारतीय भूमिको कृषि प्रविधि यहाँका कृषकहरुलाई प्रत्यक्ष लाभका विषय वन्न सक्दछन ।
यस प्रदेशका नौ जिल्लाहरु मध्ये सवै आ–आफ्नै विशेषताले भरिपूर्ण छन । तराईका कैलाली र कञ्चनपुर अन्नवालीको भण्डारनै मानिन्छ भने राष्ट्रिय रुपमा धान र गहुँ वालीका सुपरजोन कार्यक्रमले यसको थप गरीमा वढाएको छ । व्यवसायिक केरा खेती गरिने टीकापुरको देखासिखी सुदूरपश्चिममा मात्र नभई देशका अन्य धेरै पकेट क्षेत्रहरुमा समेत फैलिरहेका छन । कपास, उखु, पशुपालन र कुखुरा उत्पादनको अलावा यो क्षेत्रमा मत्स्य शाखाको थप संभाव्यतालाई प्रष्ट पार्ने फलदायी नतिजा हुन सक्छन । थारुवाहुल्य यी जिल्लाहरुमा सुंगुर–बंगुर पालनलाई व्यवसायमा जोड्नुपर्दछ । भारतको आग्रा क्षेत्रमा बनाईने पेठा मिठाईको कच्चा पद्धार्थ कुपिण्डो उत्पादनको प्रम्ुख थलो मानिने कैलाली र कञ्चनपुर जिल्लामा मूल्य अभिवृद्धि श्रृंखलामा प्रशोधन उद्योग स्थापना गर्न सक्दा पनि लाभकारी हुनसक्छ ।
मध्ये पहाडको डोटी, डडेलधुरा, अछाम र वैतडी जिल्लाहरु वागवानी व्यवसाय अन्र्तगत सुन्तला खेती, मौरी–पालन, गाई (अछामको नौमुटे गाई र डोटेली गाई), भैसी (डडेलधुको गड्डी भैसी) पालन गरी नेपालको पशुपालन र कृषि व्यवसायलाई प्रष्फुटन गराई भविष्यमा नश्लीय श्रोत केन्द्रको उद्गम थलो बनाउन सकिन्छ । बैतडीको प्याज र लसुन तथा अन्य फलफूल वालीहरुको नेपालकै कृषि तथ्याड्ढ रिपोर्टहरुमा औसतभन्दा अगाडिनै नाम आउँछन । यसैवाट नेपालले थुप्रै मुनाफा आर्जन गर्न सक्दछ ।
यस क्षेत्रकाउच्च हिमाली जिल्लाहरु दार्चुला, वझाङ र वाजु्रा नेपालकै प्राकृतिक सम्पदा र जैविक विविधता, जडिवुटी, र खानीजन्य सम्पदाको उद्गम थलो मानिन्छ । नेपालवाट विदेश निर्यात हुने दशमुख्य जडिवुटीहरु मध्ये यार्सागुम्वा, काउलो, रिठ्ठो, टिम्वुर, तेजपत्ता, दालचिनि, अमला, जटामसी र पद्माचलहरुको संकलन र निर्यातमा यस क्षेत्रको अतुलनिय भूमिका रहेको छ । वाजुराको जैतुन, दार्चुलाको ओखरआदि यस भूगोलका थप विशेषता हुन । कम तौल र उच्च मुल्यका तरकारी बिउ उत्पादन यो उच्च हिमाली जिल्लामा निकै प्रभावकारी हुन सक्दछन । खाद्यतत्वको धनी तर उपेक्षित बालीहरु जस्तैः कोदो, चिनो, फापर, जै, जौ लट्टे आदिको संरक्षण, प्रवद्र्धन मुल्य अभिवृद्धि श्रृङ्खलामा नयाँ अनुसन्धानको मात्र खाँचो छ आज यो दर्गम कुनामा । आज यिनीहरुको संरक्षण, परिक्षण, उत्खनन र प्रचुर मात्रामा मानवीय हितमा प्रयोग गर्न जान्दा यो क्षेत्र नेपालकै मात्र नभई विश्वकैै विशेष गन्तव्य स्थानमा गणनामा आउनेछ ।
थुप्रै धार्मिक र पुरातात्विक महत्वका मन्दिरहरु तथा खप्तड पहाड र मानसरोवर जाने प्रवेशनाकाले गर्दा भोलिका दिनहरुमा यो प्रदेश कृषि–पर्यटन प्रवद्र्धन गराई आगन्तुकहरुको आतिथ्यता गर्न भ्याई–नभ्याई हुने अवस्थामा पुग्नेछ । कृषि–पर्यटन प्रवद्र्धनका लागि देउडा र डोटेली संस्कृतिलाई प्रष्फुटन गराउन सुदूरपश्चिम प्रदेश सरकारले विशेष पहल गर्नु पर्नेछ । कृषि पर्यटन फष्टाउन स्थानिय वाली र खाने परिकारहरुमा नयाँ ढंगको खाना खाने बानी बसाउनु पर्नेछ भने सौन्द्रर्यताको लागि वन जङ्गलको संरक्षण । यी सबै विषय प्रस्फुटन गराउन पनि कृषि र वन विज्ञानका थप उच्च शिक्षा नितान्त आवश्यकता देखिन्छ ।
‘हरीयो वन नेपालको धन’ भन्ने भनाई जस्तै सुदूरपश्चिम प्रदेश साँच्चै वनसम्पदाले भरिपूर्ण प्रदेश मानिन्छ । पूर्वमा मध्यपश्चिम प्रदेशसंग वेष्टित वर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिममा शुक्लाफँटा राष्ट्रिय निकुञ्ज र उत्तरमा खप्तड राष्ट्रिय निकुञ्जले यस प्रदेशको थप महत्व राखेको छ । साल, सल्ला, सिसौ, खयर तथा अमूल्य काठजन्य वनस्पतिहरु संगसंगै जंगली जनावरहरु (बाह्रसिङ्गा मृग) ले गर्दा यो प्रदेश भोलिका दिनहरुमा अन्तराष्ट्रिय पर्यटकको भ्रमण केन्द्र वन्नेछन । भू–संरक्षणका हिसावले पनि विशाल नदीहरु कर्णाली, सेती र महाकालीको जलाधार विकास र त्यसमा रहेको जैविक विविधता संरक्षण आज यस प्रदेशको लागि चुनौति, अवसर र भविष्य पनि वनेको छ ।
सुदूरपश्चिम प्रदेशको सर्वाङ्गिण विकासमा कृषि र वनविज्ञानका उच्च शिक्षानै किन ?
नेपाल अधिराज्यको अन्तरीम संविधानले वि.सं.२०६७ सालमा सुदुरपश्चिमाञ्चल विश्वविधालय खुला गरिसकेपछि यस क्षेत्रको शैक्षिक जग अझै फराकिलो भएको छ । शिक्षा, व्यवस्थापन, मानविकी संकायका अलावा यस सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगत विज्ञान र प्रविधि, ईन्जिनियरिङ र कृषि विज्ञान संकायले प्राविधिक जनशक्ति उत्पादन गर्दैछ । कृषिसंगै वन विज्ञान विषयमा बिएस्सी तहसम्मको पढाई खुल्न सक्दा यस क्षेत्रको विकासमा प्राविधिक रुपका मानवीय संसाधन थप हुने मात्र हैनन्, समग्र रुपमा यहाँका मानिसहरुलाई कृषि र वनजन्य लघु र कुटिर उधोग स्थापनामा मद्धत पुग्दछ । कृषि–पर्यटन फष्टाउने छ भने अवका दिनहरुमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाहरुका स्थानीय राजनैतिक तहका सरकारी तहसम्म कृषि र वन संकायका विधार्थीहरुले कृषकका घर–दैलोको समस्या समाधान गर्न सक्नेछन । खेतीपाती पद्धति र वनजंगल संरक्षण वैज्ञानिक खालको हुनेछ, भू–संरक्षणमा टेवा पुग्नेछ र घरैपिच्छे प्राविधिक रोजगारीको वातावरण सिर्जना हुनेछ, जुन मानव संसाधनका मुख्य मेरुदण्ड नै हुन । कृषि–पशुपालन र वनजङ्गल तीनवटै विषय नेपालीहरुको दिनचर्या जस्तै भएको कारणले पनि यो अभिन्न रुपमा नेपालीहरुको संस्कार बनेको छ ।
कोरोना कहरको यो विषम घडीमा समेत जहान बच्चा नभनी दिनहुँ हजारौंको संख्यामा नेपालीहरु रोजीरोटीको लागि कालापहाड लगायत भारतका विभिन्न ठाउँमा भासिनु पर्ने विरासतबाट मुक्त नहुँदासम्म सुदूरपश्चिम प्रदेशको विकास सम्भव छैन । आज विना योजनाका डोजर विकासले गाउँघरका वस्ती भूक्षयको समस्याले ग्रस्त छ । राजमार्ग निर्माणको यो समस्या समाधान वैज्ञानिक खेती प्रणालीवाट मात्र हुन्छ । गाउँ–गाउँमा वस्ती वसाउन कृषि र वन नै प्रमुख रोजगारीका अवसर हुनेछन, आज त्यसको वैज्ञानिक खोजी जरुरी छ । भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुले भन्नु भए जस्तै अरु सबै बन्द व्यवसाय रोकिन सक्छन, तर कृषि पेशा कहिल्यै रोकिदैन भने जस्तै गरी हामी कृषि र वन शिक्षाका नयाँ ठोस कार्यक्रम सहित अघि बढ्नु पर्दछ । त्यस्तैगरी भारतीय हरितक्रान्तिका पिता स्वामिनाथनले भन्नु भएको राष्ट्रिय यूवाहरु भविष्य आक्ने मात्र नभै हाक्ने सारथिहरु पनि हुन भने जस्तै हामीहरु पनि युवा परिलक्षित कार्यक्रम बनाई अघि बढ्नु पर्दछ । संसारमा सबै व्यवसाय र पेशाका आधार, बाँच्नको लागि खानु नै पर्ने र खाने अन्नउपजहरु कृषि र वनबाट मात्रै उब्जने हुनाले कृषि पेशा संसारमा कदापि दोस्रो हुन सक्दैन भन्ने भनाईलाई आज नेपाल राष्ट्रले पनि अंगिकार गरेकोले अव प्रदेश सरकार पनि पूर्ण लक्षित कार्यक्रमका साथ अघि बढ्नुको विकल्प छैन ।
साराँशः
समृद्ध नेपाल र खुशी नेपाली राष्ट्रको एकमात्र राष्ट्र योजना फिल पार्न मानव संसाधन विषयलाई प्रमुख विकासको महत्व मानेको सिंगापुर, मलेसिया, कोरिया आदि राम्रा देशहरुको नमूना यस प्रदेश सरकारले पनि सुरुवात गर्र्नुपर्नेछ । कोरोनाजन्य महामारिले रोजगारी गुमाउदा र खाद्य सुरक्षाको सम्भावना नै हराउदै गएको वर्तमान परिवेशमा प्राविधिक धारको दक्ष जनशक्ति उत्पादनले मात्र माथि उल्लेखित समस्या समाधान गर्ने हुनाले यस क्षेत्र सुहाउदो विकासको लागि यसै क्षेत्रको जनताहरुको सहभागितामूलक कृषि र वनविज्ञानको उच्चशिक्षा नितान्त आवश्यक देखिन्छ । नजिकै रहेको भारतको पन्त नगर कृषि विश्वविद्यालय, कृषि केन्द्र अल्मोडा र वन अनुसन्धान केन्द्र देहरादुनको देखासिकी यो प्रदेशले तुरुन्त अवलम्बन गर्नुपर्दछ । भारतको हिमाञ्चल प्रदेशमा जस्तै दीगो र दीर्घकालिन कृषि, वन र वस्ती विकासको एउटा मात्र नमूना वस्ती यदि सुदूरपश्चिम सरकारले सोच्ने र कार्यान्वयन गराउने हो भने मात्र पनि कृषि, वन र ईन्जिनियरिङको उच्च शिक्षामा तुरुन्त लगानी वढाउनु पर्नेछ, तव मात्र सुन्दर सुदूरपश्चिमको नाम यर्थाततामा नामाङ्कन हुनेछ ।