Hamro Patra
गोराङ्गेका ६३ जना सैनिकमा कोरोना पुष्टि

टीकापुर, भदौ २२

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ गोराङ्गेस्थित नेपाली सेनाको तालिम शिक्षालयका ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Khadga Memorial And Janajagriti

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गेका ६३ जना सैनिकमा एकैदिन कोरोना पुष्टि भएको हो ।

यसअघि शिक्षालयमा कार्यरत ५ जना सैनिकको लम्कीचुहा नगरपालिकाले नमूना स्वाब संकलन गरेकोमा ५ जनामा नै कोरोना पुष्टि भएको थियो । योसँगै शिक्षालयका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लम्कीचुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बि.सी.का अनुसार नमूना संकलन गरिएका पाँचजना सैनिकमा कोरोना पुष्टि देखिएपछि शिक्षालयमा रहेका २ शय ४५ जनाको नमूना स्वाब संकलन गरिएको थियो ।

आजसम्म १ शय ९२ जनाको रिपोर्ट आएको छ । अझै ५३ जना सैनिकको रिपोर्ट आउन बाँकी रहेको बि.सी.ले बताइन् । आइतवार १ शय २९ जना सैनिकको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
उनीहरुलाई शिक्षालयमा रहेको आइसोलेसनमा राखिएको बताइएको छ ।

कैलालीमा ठूलो संख्यामा सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको सम्भवतः पहिलो घटना हो । संक्रमितहरु २६ देखि ३८ वर्ष उमेरका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update