Hamro Patra
चोरीको आरोपमा तीन जना पक्राउ

टीकापुर, भदौ २२
इलाका प्रहरी कार्यालय टीकापुरले चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षका सन्देश विक सहित छन । प्रहरी निरिक्षक अरुण बमले २ जना नाबालक भएका कारण उनीहरुको पहिचान गोप्य राखिएको बताए ।

उनीहरुलाई गएराति टीकापुर नगरपालिका–२ बन्दिपुर नजिकैबाट हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनाले २०७७ भदौ ११ गते राति टीकापुर नगरपालिका–४ मौरानीयाँस्थित रामबली टे«डर्समा चोरी गरेको बताईएको छ ।

Khadga Memorial And Janajagriti

स्थानीय रामबली थारुले आफ्नो पसलबाट करिव ४ लाख बराबरको सामान चोरी भएको उजुरी दिएका छन । चोरीमा संलग्न रहेका तीनै जना सो पसलको सिसी टिभी क्यामेरामा देखिएका थिए ।

सिसी टिभी क्यामेरामा देखिएको आधारमा प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । प्रहरीले तीनै जना उपर चोरी मुद्दा दायर गरेको छ । उनीहरुको म्याद थप भैसकेको प्रहरी निरिक्षक बमले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update