Hamro Patra
एक युवक हतियार सहित पक्राउ
Khadga Memorial And Janajagriti

महेन्द्रनगर, भदौ २२
प्रहरीले कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाबाट हतियार सहित एक जना युवकलाई पक्राउ गरेको छ । ती युवकलाई सशस्त्र प्रहरी बलले बेलौरी नगरपालिका–१० भुडाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय खुसिराम चौधरी रहेका छन । पक्राउ परेका चौधरीसंग एक थान कटुवा पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने २ थान गोलीका साथै एक हजार बरामद गरेको ससस्त्र प्रहरी बल बिओपी भुडाका ससस्त्र प्रहरी सहायक निरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
बिओपी भुडाका प्रहरी सहायक निरीक्षक भट्टको नेतृत्वमा रहेको टोलीले सिमा नजिकै रहेको नहरमा संकास्पद गतिबिधी गरिरहेको देखेपछि शंका लागेर चेकजाँच गर्दा ती युवक हतियार सहित पक्राउ परेका हुन ।

चौधरीलाई हात हतियार तथा खरखजाना ऐन अन्तरगत कारबाही हुने इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update