Hamro Patra
कर्णाली नदीमा बगेका तीन मध्ये एकको शव भेटियो
Khadga Memorial And Janajagriti

टीकापुर, भदौ २०
कर्णाली नदीमा बगेर बेपत्ता भएका ३ मध्ये एकजनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक नवराज केसीले १४ वर्षका भरत कडायतको शव भेटिएको जानकारी दिए ।

उनका अनुसार कडायतको शव घटनास्थलबाट झण्डै १५ किलोमिटर दक्षिण बर्दिया गेरुवा गाउँपालिका–६ मनाउ नजिकै भेटिएको हो । उनी नदीमा बगेको दाउरा समात्ने क्रममा बिहिवार गेरुवा गाउँपालिका–४ जोधीपुर नजिकैबाट बगेका थिए ।

उनीसँगै बगेका उनका मामा ४० वर्षका बलबहादुर रोकाया र १७ वर्षकी पवी रोकाया अझै बेपत्ता छन । बेपत्ता दुवैजनाको खोजी कार्य भैरहेको प्रहरी निरिक्षक केसीले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update