Hamro Patra
कुटपिटपछि हत्या आरोपमा ६ पक्राउ

अछाम, भदौ १८

एक युवकलाई कुटपिटपछि हत्या गरेको आरोपमा अछाम प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । अछामको मंगलसैन नगरपालिका वडा नं. १४ कालागाउँका २४ वर्षीय सन्तोष भण्डारीको कुटपिटपछि हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

Khadga Memorial And Janajagriti

पक्राउ पर्नेमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाजका १९ वर्षीय खेमराज शाही, २० वर्षीय भुपेन्द्र शाही, २० वर्षीय विनोदबहादुर शाही, २१ वर्षीय अक्कल शाही, १९ वर्षीय विनोद शाही र २५ वर्षीय रमेश शाही रहेका छन ।

सामान्य विवाद हुँदा भण्डारीलाई उनीहरुले कुटपिट गरी घाइते बनाएको थिए । कुटपिटबाट घाइते भएका भण्डारीलाई अछाममा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत् नेपालगञ्ज पठाइएको थियो ।

घाइते भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक योगेन्द्र थापाले बताए । उनीहरुमाथि कर्तव्यज्यान मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।

फोटोः सुशील भण्डारी

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update